प्रस्तावित सहकारी बैंक स्थापनाको स्वीकृति माग्दै राष्ट्र बैंक पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2021 | 10:29:28 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रस्तावित नेपाल सहकारी बैंकले राष्ट्र बैंकमा आवेदन दिएको छ । नेपाल सहकारी बैंक तदर्थ समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बैंक स्थापनाको स्वीकृतिका लागि आग्रह गर्दै आवेदनपत्र बुझाएका हुन् ।

सहकारी विभागले राष्ट्र बैंकमा पत्र पठाएपछि सहकारी बैंकको टोलीले गर्भनर अधिकारीलाई भेटेर पत्र बुझाएको हो । पत्र बुझ्दै गर्भनरले कानुनी प्रावधान अनुसार अघि बढ्ने आश्वासन दिएका छन् । 

राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, अध्यक्ष भण्डारी, बैंकका सञ्चालक ज्ञानेन्द्र पौडेल, दिलीप पौडेल, सल्लाहकार भानुभक्त ढलकासहितको टोलीले गर्भनरलाई भेटेर सहकारी बैंकको आवश्यकता र औचित्यका सम्बन्धमा गर्भनरलाई जानकारी गराएका थिए । प्रस्तावित बैंकले सहकारी विभागमा यसअघि नै आवेदन दिईसकेको छ । 

देशमा एउटा मात्रै सहकारी बैंक रहेकोले अरु पनि आवश्यक रहेको सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको दाबी छ । ३० हजार भन्दा बढी सहकारीबाट ८ खर्बभन्दा बढीको निक्षेप परिचालन गरी सोही बराबरको ऋण लगानी भएकाले सहकारी बैंक आवश्यक रहेको उनको भनाई छ । 

सहकारी ऐन, २०७४ को दफा १४ को उपदफा (३) मा व्यवस्था भए अनुसार बैंक दर्ताको लागि उक्त दफाको उपदफा (२) मा उल्लेखित कागजातका अतिरिक्त राष्ट्र बैंकको पूर्व स्वीकृती पत्रका लागि आवेदन दिईएको बैंकले जनाएको छ ।

सहकारी बैंकका सल्लाहकार भानुभक्त ढकालले एउटा मात्र सहकारी बैंकले सबै सहकारीलाई सेवा दिन नसक्ने भएकाले अर्को सहकारी बैंक आवश्यक रहेकाले आफूहरुले प्रक्रिया सुरु गरेको बताएका छन् । 

नेपालमा सहकारी क्षेत्रले ३ लाखलाई प्रत्यक्ष रोजगारी दिएको र ७३ लाखभन्दा बढी नागरिकहरूले वित्तीय सेवा पाईरहेको सहकारी अभियान्ताहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved