सम्पत्ति शुद्धिकरण रोक्ने सिस्टम सहकारीमा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 06:02:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्न ट्रस्टएमल सिस्टम सहकारी संस्थाहरूको लागि पनि उपलब्ध गराउने सम्झौता भएको छ । डेटम सिस्टम्स प्राइभेट लिमिटेड र सहकारी संस्थाहरुमा कोर बैंकिंग सफ्टवेयर विकास गरेको अग्रणी संस्था प्रिमियम टेक्नोलोजिज प्राइभेट लिमिटेडबीच यस्तो सहमति भएको हो । 

सम्झौतापत्रमा डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र प्रिमियम टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मोहन वनले हस्ताक्षर गरेका छन् । 

सम्झौताबाट डेटम सिस्टम्सले वाणिज्य बैंक तथा वित्तिय संस्थाहरूमा प्रयोगमा आइसकेको सहकारी संस्थाहरुले अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी विभागले समय समयमा दिएका निर्देशन बमोजिम सदस्यको पहिचान गर्न, त्यसको अभिलेख राख्न र सदस्यको पहिचान गर्दा प्राप्त विवरण को आधारमा जोखिम निर्धारण गर्न सक्नेछन् । सदस्यको पेशा, स्थान, व्यबशाय को प्रकृति, सहकारी बाट प्रदान गरिएको सेवा र डेलिभरि  च्यानल समेत को आधारमा जोखिम निर्धारण गर्न सक्नेछा् । 

सदस्य जोखिमयुक्त वा उच्च पदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा वा सदस्यको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा सदस्य, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन् । यसका अतिरिक्त  ट्रस्टएमल सिस्टमको प्रयोगबाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक माध्यमबाट पठाउन सक्नेछन् । 

सहकारी संस्थाहरुलाई बैंकिंग सफ्टवेयर विकास गर्दै आएको प्रिमियम टेक्नोलोजिज र सम्पत्ति शुद्धिकरण निवारण गर्न मद्दत गर्ने सफ्टवेयर विकास गर्ने डेटम सिस्टम्सको सहकार्यबाट सम्पत्ति शुद्धिकरण निवारणका लागि प्रिमियम कोर बै‌किङ्ग सोलुसन प्रयोग गर्ने तीन सय भन्दा बढी सहकारीहरूमा सजिल‍ै पहुँच हुने प्रिमियम टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मोहन वनले जानकारी दिए । 

डेटम सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्राबधानको कार्यान्वयन गर्न आबश्यक पर्ने साधन, श्रोत, प्रबिधि र ज्ञान सहकारी संस्था सम्म पुग्न यस सम्झौता कोशेढुंगा हुने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved