सहकारी बैंकको चेक क्लीयरिङ्ग नहुने नियम खारेज गर्ने अर्थमन्त्रीको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 02:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

“चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाँउ गाँउमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु” उनले भने, “बरु सहकारी बैंकहरुले नाफाको लागि प्रतिष्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सृजनामा प्रतिष्पर्धा गर्नुस् ।”

उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए । मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताए । 

“गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ” उनले थपे । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान  गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved