यी हुन् इच्छाराज सहित पक्राउ परेका १२ जना, संगठित रुपमा ७० करोड ठगी गरेको आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 04:02:06 PM मा प्रकाशित

laxmi  sunrise bank

संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ सहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले तामाङ सहित १२ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।

सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका निक्षेपकर्ता सदस्यहरुले उक्त संस्थामा बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधी पुगीसकेपछी खाताबाट रकम झिक्नको लागि पटक-पटक ताकेता गर्दा पनि फिर्ता नपाएकोले प्रहरीमा उजुरी गरेका थिए । उनीहरुले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि पटक पटक ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरेकोले प्रहरीमा उजुरी दिएका थिए । 

उक्त को-अपरेटिभ लिमिटेडमा रहेका सर्वसाधारणको बचतको ठुलो हिस्सा सहकारी ऐन, २०७४सहकारी नियमावली, २०७५ को प्राबधान विपरित एकै ब्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरुमा लगानी गरेको देखिएको प्रहरीले जनाएको छ । त्यस्तै उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को-अपरेटिभ लि. जोखिममा रही सहकारी संस्थाबाट कर्जा लगानी भई सम्पन्न गरिएका बिभिन्न परियोजनाहरुबाट निर्माण गरिएका संरचनाहरु बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति शुद्दिकरणको कसुर गरेको हुनसक्ने प्रहरीको अनुमान छ । 

वचतकर्ताहरुको निक्षेप समेत जोखिममा परेको तथा आफ्नो जिवनभरको सानो-सानो बचतबाट संकलित पुँजी दैनिक उपभोग्य तथा स्वास्थ्य उपचार लगायतका अत्यावश्यक काममा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको कारण बिभिन्न १३७ जना पिडित वचतकर्ताहरुले उक्त को-अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कुल ७०,८७,१३,८२१/३२ (सतरी करोड सतासी लाख तेह्र हजार आठ सय एकाइस रुपैया बत्तीस पैसा) रकम संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरि कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।


प्रहरीले अन्य निक्षेपकर्ता तथा सर्वसाधरणहरुले उक्त को-अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक थप कारवाहीको लागि समेत ब्यूरोमा सम्पर्क गर्न आग्रह गरेको छ ।


पक्राउ भएका व्यक्तिहरुको विवरण : 

१. नाम थर:- इच्छाराज तामाङ

वतन :- जिल्ला काठमाण्डौं, किर्तिपुर ट्याङलाफाँट 

वर्ष:- ५७

पद:- सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका पुर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकको अध्यक्ष 


 २. नाम थर:- केशवलाल श्रेष्ठ

वतन :- का.जि. का.म.न.पा.१६ 

वर्ष:- ६२

पद:- संचालक समितिको अध्यक्ष 


३. नाम थर:- भगवान बहादुर सिंह

वतन :- का.जि.का.म.न.पा.१२

वर्ष:- ६२

पद:- सहजकर्ता प्रबन्धक  


४. नाम थर:- मायोनानी महर्जन

वतन :- का.जि.किर्तिपुर न.पा. वडा नं. ९

वर्ष:- ५०

पद:- जुनियर असिसटेन्ट मेनेजर   


५. नाम थर:- एलिना तुलाधर 

वतन :- जि. भक्तपुर, भक्तपुर न.पा. वडा नं. ११

वर्ष:- ४४

पद:- जुनियर असिसटेन्ट मेनेजर  


६. नाम थर:- शंकर प्रसाद पाठक

वतन :- जि. झापा साबिक अर्जुनधारा  गा.वि.स. वडा नं. ९ 

वर्ष:- ४५

पद:- जुनियर अधिकृत   


७. नाम थर:- संगित श्रेष्ठ

वतन :- जि. काभ्रे साबिक गोकुले गा.बि.स. वडा नं. ५ 

वर्ष:-२५

पद:- असिसटेन्ट   


८. नाम थर:- राकेश महर्जन

वतन :- जि. काठमाण्डौं किर्तिपुर नगरपालिका वडा नं. ९   

वर्ष:- ३३

पद:- लेखा अधिकृत 


९. नाम थर:- बुद्धराज तामाङ

वतन :-जि.सिन्धुली दुधौली न.पा. वडा नं. ७ हाल जि. काठमाण्डौं 

बुढानिलकण्ठ न.पा ६ 

वर्ष:- ४०

पद:- जुनियर  साहयक प्रबन्धक 


१०. नाम थर:- कौस्तुभ केतन ढुंगाना

वतन :- जि. काठमाण्डौं बुढानिलकण्ठ न.पा -६

वर्ष:- ३७

पद:- जुनियर  सहायक प्रबन्धक


११. नाम थर:- विजय विक्रम शाह

       वतन :- जि. नुवाकोट विदुर नगरपालिका वडा नं. २

वर्ष:- ४३

पद:- सिभिल होम्सका वरिष्ठ प्रबन्धक


१२. नाम थर:- हरिहर लामिछाने

       वतन :- जि. मकवानपुर चित्तलाङ वडा नं. ८ घर भई हाल का.म.न.पा. १४, कलंकी 

       वर्ष:- ४६

       पद:- पूर्व लेखा समिति सदस्य

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved