इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष श्रेष्ठ जेल चलान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2021 | 07:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो 

न्यायाधिश राजकुमार कोइरालाको एकल इजलाशले तामाङ सहित सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो  । इच्छाराज ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका थिए ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनी सहित ४३ जना विरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ। 

अदालतले अन्यलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । जस अनुसार सहकारीका सञ्चालक समितिका सदस्य हरिहर प्रसाद लामिछानेलाई ५० लाख , सिभिल होम्सका व्यवस्थापक विजयविक्रम शाहीलाई १५ लाख, सहकारीका जुनियर सहायक प्रबन्धक एलिना तुलाधरलाई ५ लाख , सहकारीका जुनियर प्रबन्धक सहायक प्रबन्धक मायोनानी महर्जनलाई ५ लाख,  सहकारीका सहजकर्ता भगवान बहादुर सिंहलाई १० लाख, सहकारीका जुनियर अधिकृत शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, सहकारीका लेखा अधिकृत राकेश महर्जनलाई ५० हजार, सहकारीका जुनियर सहायक प्रबन्धक कौस्तुब केतन ढुङ्गानालाई ५ लाख, र सहकारीका कर्जा अधिकृत बुद्धराज तामाङलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved