उपत्यका कार्यक्षेत्र भएको जीवनदाता बहुउदेश्यीय सहकारी खुल्यो, अर्थमन्त्रीले गरे उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2022 | 09:28:34 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाभरी कार्यक्षेत्र रहेको नयाँ सहकारी संचालनमा आएको छ । काठमाडौं, ललितपुर र भक्तपुर कार्यक्षेत्र बनाई जीवनदाता बहुउदेश्यीय सहकारी संस्था संचालनमा आएको हो । 

काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको उक्त सहकारीको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन् । ‘वित्तीय सम्वृद्धिको चाहना, जीवनदाताको कामना’ भन्ने नारासहित स्थापित भएको जीवानदाताले सदस्यहरुको वित्तीय जीवनमा खुशीयाली ल्याउने अपेक्षा गरिएको छ ।

संस्थाको उद्धघाटन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले देशकै आर्थिक विकासका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले तीन खम्बे  अर्थनीति मध्येको एक खम्बाको रुपमा सहकारी क्षेत्र रहेको स्पष्ट पार्दै सरकारले सहकारीको विकासका लागि कुनै कसर बाकी नराख्ने बताए । 

केही सहकारी संचालकहरुको बदमाशीका कारण सहकारी क्षेत्र बद्नाम भएको भन्दै उनले जीवनदाता बहुउदेश्यीय सहकारी संस्थाले पारदर्शी तरिकाले वित्तीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । व्यक्तिगत स्वार्थ त्यागेर सदस्यहरुको हित हुने गरी वित्तीय सेवा प्रवाह गर्न र सङ्कलित रकमलाई उत्पादनको क्षेत्रमा लगानी गर्न उनले सुझाव दिएका थिए ।

२ करोड रुपैयाँ चुक्ता पुँजी रहनेगरी  संचालन अनुमति पाएको यस जीवनदाता बहुउदेश्यीय सहकारी संस्थाले सुरुवातमै ५ करोड पुँजी पुर्याईसकेको सचिव कुमार सिग्देलले जनाएका छन् । सचिव सिग्देलका अनुसार संस्थाले उत्पादन एवम् रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved