भ्रामक समाचारप्रति गोल्डेनगेट सहकारीको आपत्ति (विज्ञप्तिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2022 | 12:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको सातदोबाटोमा रहेको गोल्डेनगेट वहुउद्देश्यीय सहकारी संस्थाको विषयमा केही समययता प्रतिस्पर्धी एक संस्थाले भ्रामक प्रचार गरिरहेको पाईएको छ । यस विषयमा गोल्डेनगेट वहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको छ । 

गोल्डेनगेट वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक (अध्यक्ष) विजय श्रेष्ठले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेरै केही दिनदेखि संस्थाको विषयमा आएका समाचारहरुमा कुनै सत्यता नरहेको भन्दै सेयर सदस्यहरूलाई त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरेका हुन् ।  

‘सहकारीको मूल्य मान्यता एवम् सिद्धान्तबाट कत्ति पनि विचलित नभइकन हामीले सेयर सदस्यहरुलाई सेवा दिइरहेको अवस्थामा एकाएक संस्थाका अध्यक्ष तथा सञ्चालकहरुको नाम जाडेर तथ्यहिन समाचार प्रकाशित हुँदा हाम्रो व्यवसायिक साखमा आँच पुग्न गएको ठहर गरी सत्य तथ्य सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति प्रकाशित गरेका छौ’ अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved