सहकारीहरुलाई सहकारी विभागको १२ बुँदे निर्देशन, भड्किलो र खर्चिलो साधारणसभा नगर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 12:03:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले सहकारी संस्थाहरुलाई खर्चिलो र भड्किलो खालको साधारणसभा नगर्न निर्देशन दिएको छ। विभागले साधारणसभा संचालन बारे १२ बुँदे मार्गदर्शन जारी गर्दै साधारणसभा गर्दा खर्चिलो र भड्किलो नहुने गरि मितव्ययी ढंगबाट संचालन गर्न निर्देशन दिएको हो 

विभागले पुस मसान्त भित्र अनिवार्य रुपमा साधारणसभा सक्न र साधारणसभा सकिएको १५ दिन भित्र सो को विवरण विभागको सूचना प्रणाली मार्फत अपलोड गरि विभागलाई जानकारी गराउन निर्देशन दिएको छ 

यस्तो छ विभागले जारी गरेको १२ बुँदे मार्गदर्शन 

१. सहकारी संघसंस्थाहरुले आर्थिक वर्ष व्यतित भएको तीन महिना भित्र सहकारी ऐन, २०७४ को दफा ७५(१) बमोजिम लेखापरीक्षणको कार्य सम्पन्न गरी सक्ने,

२. लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारणका सम्बन्धमा सहकारी ऐन, २०७४ को दफा ७६(१), (२) र (३) बमोजिम गर्ने,

३. लेखापरीक्षकले लेखापरीक्षण प्रतिवेदन पेश गर्दा नेपाल सरकारले तोकेको लेखामान सिद्धान्तका आधारमा प्रतिवेदन तयार गरी सहकारी विभागबाट जारी सहकारी संस्थाहरुको लेखापरीक्षण निर्देशिका, २०७५ को अनुसरण गर्दै लामो फाराम प्रतिवेदन (Long Form Report) सहितको प्रतिवेदन सम्बन्धित सहकारी संघसंस्था र नियमनकारी निकाय समक्ष पेश गर्ने व्यवस्था मिलाउने,

४. सहकारी संघसंस्थाहरुले साधारण सभाको सुचना प्रकाशन गर्दा सहकारी विभागवाट मिति २०७९।०२।१२ मा जारी गरिएको सहकारी संघसंस्थामा सुशासन प्रवर्द्धनको लागि एकीकृत निर्देशन, २०७९ अनुसार तीस दिन अगावै प्रस्ताव सहितको सार्वजनिक सूचना प्रकाशन गर्ने,

५. सहकारी ऐन, २०७४ को दफा ४०(५) अनुसार दुई हजार वा सो भन्दाबढी सदस्य भएको संस्थाले साधारण सभा गर्दा समान कार्य सूचीमा तोकिए बमोजिम सदस्य संख्याको आधारमा स्थानीय तह वा त्यसका वडाहरुमा संचालक सदस्यहरु पठाई साधारण सभागर्न र त्यस्तो साधारण सभाको निर्णय प्रमाणित गर्न, प्रतिनिधि छनौट गर्न, बैठक संचालन गर्न, बैठकका निर्णयहरु प्रमाणित गर्दा सचालक सदस्य संख्या भन्दा एक जना वढि प्रतिनिधि सदस्यहरुबाट समेत प्रमाणीत गराउने व्यवस्था मिलाउने । साथै सहकारी विभागबाट जारी सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) (पहिलो संशोधन) निर्देशिका, २०७६ को पूर्ण रुपमा परिपालन गर्ने गराउने,

६. साधारण सभा गर्दा फराकिलो कार्यक्षेत्र र दुई हजार भन्दाबढी सदस्य भएका सहकारी संघसंस्थाहरुले भौगोलिक अवस्थितिका कारण एकै ठाउँमा भेला हुन नसक्ने अवस्थामा सदस्यहरुलाई पायक पर्ने स्थानमा बढी भन्दा बढी सदस्यहरुको सहभागिता हुने गरी बढीमा सात वटासम्म इकाईहरु गठन गरी सभा सम्पन्न गर्ने, 

७. नियामक निकायबाट दिइएको निर्देशन तथा सुझावहरुको कार्यान्वयन सम्बन्धमा साधारणसभामा छलफल गर्ने गराउने,

८. साधारण सभा सम्पन्न भएको पन्ध्र दिन भित्र साधारण सभाको निर्णयको प्रमाणित प्रतिलिपि, उपस्थितिको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, लामो फाराम प्रतिवेदन सहित नियामक निकायमा अनिवार्य रुपमा पेश गर्ने,

९. साधारण सभा गर्दा भडकिलो र खर्चिलो नहने गरी मितव्ययी ढंगवाट सञ्चालन गर्ने ,

१०. सवै संघसंस्थाले २०७९ पौष मसान्तभित्र साधारणसभा अनिवार्य रुपमा सम्पन्न गर्ने,

११. कोभिड-१९ को प्रभाव तथा असर समेतको आधारमा संघ, प्रदेश वा स्थानीय तह र स्थानीय प्रशासनबाट जारी स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गरि साधारण सभा सम्पन्न गर्ने,

१२. साधारण सभा सम्बन्धि विवरण सभा सम्पन्न भएको पन्ध्र दिन भित्रमा www.copomis.gov.np मा समेत अद्यावधिक गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved