सुधिर बस्नेतको सहकारीले यसरी डुबायो चर्चित बैंकरकै परिवार

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 09, 2022 | 02:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कुनै समयमा नेपालमा भारतीय रुपैयाँ प्रचलनमा थियो भन्ने हामी सबैले सुनकै कुरा हो । तर, अर्को कुरा के पनि भुल्न हुँदैन भने, नेपालले आफ्नै मुद्रा (नेपाली रुपैयाँ) प्रचलनमा ल्याएपछि पनि नेपालको वित्तीय निकायका हाकिमहरु भने भारतीय नागरिकहरु नै हुन्थे, अर्थात् उतैबाट झिकाइन्थे ।

कालान्तरमा नेपालीहरु पढ्दै गए, उनीहरुमा वित्तीय क्षेत्रको ज्ञान बढ्दै गयो र नेपालको बैंकिङ प्रणालीमा उनीहरु आफैँ कार्यकारी नेतृत्व लिन सक्षम हुने दिनको सुरुवात भयो । 

नेपालको बैंकिङ इतिहासमा कार्यकारी नेतृत्व सम्हालेर हाल रिटायर्ड भइसकेका एक जना चर्चित बैंकरको परिवार सहकारीबाट भने डुबेको छ, अर्थात् नराम्रोसँग पीडित भएको छ । (उनले आफ्नो व्यक्तिगत प्रतिष्ठाका कारण नाम उल्लेख गर्न नचाहेका कारण नाम लेखिएको छैन)

ती चर्चित बैंकर्सको परिवारले २०६६ सालदेखि २०६९ सालको जेठसम्म पटक पटक गरी २३ लाख रुपैयाँ ओरेन्टल सहकारीमा जम्मा गरेको थियो । २३ लाखमध्ये ३ लाख छोरीको नाममा थियो । बाँकी २० लाख ती व्यक्तिकी श्रीमतिले जम्मा गरेकी थिइन् ।

बचत रकम र तोकिएको ब्याज प्रतिशत

२०६६ साल माघ १० गते १४ प्रतिशत ब्याज पाउने गरी ती बैंकरकी श्रीमतिले छोरीको नाममा २ लाख रुपैयाँ रकम ३६ महिनाका लागि फिक्स्ड डिपोजिटमा राखिन् । त्यसपछि पुनः छोरीकै नाममा २०६७ साल असोज २७ गते १ वर्ष अवधिका लागि १६ प्रतिशत ब्याज पाउने सर्तमा पुनः १ लाख रुपैयाँ राखिन् ।

त्यसपछि ती बैंकरकी श्रीमतिले आफ्नो नाममा पनि ओरेन्टल सहकारीमा फिक्स्ड डिपोजिटमा रकम राख्न थालिन् । २०६७ साल फागुन १४ गते १ वर्ष अवधिका लागि १६ प्रतिशत ब्याज पाउने गरी उनले पहिलो पटक ५ लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा राखिन् । 

यो पनिः
ओरेण्टल सहकारीमा फसेको पैसा दाबी गर्न बचतकर्तालाई आग्रह

२०६८ साल फागुन २१ गते पुनः १ वर्षका लागि अर्को ५ लाख राखिन् । यसपटक ओरेन्टल सहकारीले ब्याजदर बढाएर १७ प्रतिशत पुर्याएको थियो । त्यसैले उनले ५ लाख थपिन् ।

सोही वर्षको फागुन २९ गते फेरि १ वर्ष अवधिको लागि १७ प्रतिशत ब्याज पाउने भनेर अर्को ५ लाख थपिन् ।

ओरेन्टल सहकारीमा फिक्स्ड डिपोजिटमा आफ्नो र छोरीको गरी कुल १८ लाख रुपैयाँ रकम राखिसकेकी उनले अझै यो क्रम जारी राखिन् । २०६९ साल जेठ १८ गते फेरि १ वर्षका लागि भनेर १७ प्रतिशत ब्याज तोकिएको फिक्स्ड डिपोजिटमा अर्को ५ लाख थपिन् ।

यसरी ती पूराना र चर्चित बैंकर्सकी श्रीमतीले ओरेन्टल सहकारीमा आफ्नो र छोरीको नाममा २३ लाख रकम फिक्स्ड डिपोजिटमा राखिन् ।

‘जम्मा १ पटक ५ हजार लिएँ, त्यो पनि झगडा गरेर’

यसरी पटक पटक गरेर २३ लाख रुपैयाँ फिक्स्ड डिपोजिटमा जम्मा गरेकी उनले बेलाबेलामा आफ्नो ब्याजबारे सोधपुछ नगरेकी होइनन् । तर, यहाँ रहँदा सुरक्षित हुने भन्दै निकालेपछि मासिन्छ भनेर सहकारीमै रहन दिन कर्मचारीहरुले सुझाउँथे । उनले पनि मान्थिन् ।

तर, उनले अन्तिम पटक पैसा राखेको केही महिनापछि नै ओरेन्टल सहकारीबारे नकारात्मक कुरा बाहिर आउन थाले । यसपछि भने उनी पनि झस्किइन् । 

हतार हतार पैसा झिक्न मैतीदेवीस्थित कार्यालय पुगिन् । तर, पैसा पाइनन् । त्यसपछि उनी आत्तिइन् । दुःख गरेर आर्जन गरेको २० लाख र छोरीको बिहेमा टिकाटालो गर्दा संकलन भएको ३ लाख (छोरीको नाममा राखिएको ३ लाख) रकम राखेको सहकारी नै डुब्दै छ भन्ने खालका समाचार आउन थालेपछि उनले २०६९ साल कार्तिकमा कार्यालयमा गएर झगडा नै गरिन् । तर, पैसा छैन भन्ने ‘रेडिमेड’ उत्तर पाइन् ।

त्यसपछि निकै घम्साघम्सी नै गर्न थालिन् । उनले निकै ढिपी गरेपछि ५ हजार रुपैयाँ दिन सहकारीका कर्मचारी तयार भए ।

‘यो लिन पनि मैले निकै मरिहत्ते गर्नुपर्यो’ बिजपाटी सँगको कुराकानीमा उनी स्मरण गर्दै भन्छिन्, ‘यत्ति पैसा नभए आज मेरो घरमा चुल्हो बल्दैन भनेर रोइकराई गरेर ब्याजबापत त्यो ५ हजार लिएँको थिए, त्यसपछि त सहकारी नै उठिहाल्यो ।’

अहिले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टल सहकारीमा बचत राखेर बचत रकम फिर्ता नपाएका बचतकर्ताहरुलाई आफ्नो रकम मागदाबी गर्न सूचना निकालेको छ । पहिलो चरणको सूचनाको अवधि शुक्रबार सकिँदै छ । समितिले मागदाबीका लागि पुनः १५ दिनको अवधि थप गर्दैछ ।

यसअघिः

सहकारीबाट डुबेकाहरूको आशा बन्दैछ एउटा सरकारी संस्था, संघीयता नै समाधानको बाधक

टुकुचा खोलामा भेटियो डुबेको सहकारीको महत्वपूर्ण कागजात

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved