तुलसी सहकारी ठगी प्रकरण: विहिबार थुनछेक बहस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 07:00:01 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको डेढ अर्ब रकम दुरुपयोग गर्ने सञ्चलक तथा कर्मचारीविरुद्ध मङ्गलबार मोरङ जिल्ला अदालतमा दर्ता भएको ठगी मुद्दामा पक्राउ परेकाहरुमाथि बयान नसकिँदा थुनछेक बहस भोलि हुने भएको छ । 

जसका कारण पक्राउ परेका तीन जनालाई कारागार पठाउने वा नपठाउने भन्ने निर्णय भोलिनै हुने भएको हो । आठ नम्बर न्यायाधीश प्रकाश कोइरालाको इजलासमा दुई जनाको बयान सकिएको र एक जनाको बाँकी रहेको छ । 

उनीहरुविरुद्ध एक हजार ३०७ जनाले ६८ करोड हिनामिना गरेको आरोपमा जाहेरी दिएका थिए । सोही आधारमा स्थानीय प्रहरीले सिआइवीको समेत सहयोग लिएर तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले मङ्गलबार अभियोजन दर्ता गरेको हो । 

सहकारी ठगी मुद्दामा ९ जनालाई कारवाही गर्ने गरी प्रहरीले राय दिए पनि उक्त मुद्दाका आरोपी रहेका लेखापरीक्षक भने जिल्ला सरकारी वकीलको कार्यालयमा आवश्यक पर्दा उपस्थित हुने गरी छुटेका छन् । उनीमाथि वकील कार्यालयले मुद्दा नचल्ने निर्णय गरेकाले पक्राउ परेका तीन जनासँग मात्रै बयान भइरहेको जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणाले बिजपाटीलाई बताए । 

उनका अनुसार सहकारी ठगी प्रकरणमा सञ्चालक कर्मचारीसहित ९ जना आरोपी रहेका थिए । त्यसमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । पक्राउ पर्नेमा मोरङको उर्लाबारी घर भएकी सहकारीकी उपाध्यक्ष अनिता गौतम, झापाको भद्रपुर घर भएकी सचिव सविना न्यौपाने, सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास र लेखापरीक्षक शीतल चन्द थिए ।

उनीहरु विरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले प्रतिवेदन दिएको थियो । सरकारी वकीलले लेखापरीक्षकको मुद्दा नचल्ने निर्णय गरेर कार्यालयबाटै फिर्ता पठाइदिएपछि तीन जनाको बयान भएको हो । 

उक्त सहकारी ठगीका मुख्य अभियुक्त अध्यक्ष केदारनाथ शर्मासहितका पाँच जना भने फरार छन् । शर्मा भारतमा रहेको खुलेको छ । उनकै योजनामा यसअघि सञ्चालन भएको कोअपरेटिभका ऋणी रोशनकी श्रीमती सविना न्यौपानेसँग मिलेर शर्माले तुलसी सहकारी स्थापना गरेका थिए । 

उनीहरुविरुद्ध एक हजार ३०७ जनाको जाहेरी परेको थियो । झण्डै डेढ अर्ब ठगी गरेको दावी गरिए पनि अदालतमा भने ६८ करोड विगो दावीसहितको असुलउपर गरी हदैसम्मको कारवाहीका लागि भन्दै सरकारी वकीलको कार्यालयमार्फत अभियोजन दर्ता भएको छ ।

मोरङको विराटनगर महानगरापालिका–३ शंकरपुरस्थित तुलसी बहुउद्देश्यीय सहकारीका सञ्चालक कर्मचारीमाथि नागरिकको एक अर्ब ४८ करोड ५५ लाख बढी बचत हिनामिना गरेको आरोप छ । 

यस अघि : ऋणीको श्रीमतीसँग मिलेर अर्को सहकारी, डेढ अर्ब डुबाउन काठमाडौँबाट विराटनगर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved