मन्त्रालयले भन्यो, ‘देशभरका ३० हजार सहकारीले ४ खर्ब २६ अर्ब ऋण लगानी गरेका छन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 04:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank

देशभरी ३० हजार ३ सय सहकारीबाट ९ खर्ब ३ अर्ब रुपैयाँ ऋण लगानी भएको पाइएको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशमा हाल देशमा ३० हजार ८ सय ७९ सहकारी रहेको जनाएको छ । 

सहकारी संस्थाहरुमा कुल ७३ लाख ३७ हजार सदस्यहरु रहेको र यी सहकारीको कूल शेयर पुँजी ९४ अर्ब १२ करोड रुपैयाँ रहेको छ । सहकारी संस्थाहरुले ४ खर्ब ७७ अर्ब ९९ करोड बचत संकलन गरी ४ खर्ब २६ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको मत्रालयको तथ्यांक छ । यो तथ्यांक अनुसार पनि सहकारीले बचतकर्ताबाट संकलन गरेको बचत रकमको झण्डै ९० प्रतिशत (८९.१८ प्रतिशत) रकम ऋण लगानी गरेको देखिन्छ ।

सहकारीका संघहरु (जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघ, विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक)ले पनि थप ऋण परिचालन गरेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय सहकारी संस्थाहरु, यसमा पनि बचत तथा ऋण सहकारीहरुमा बढी समस्या देखिन थालेपछि मन्त्रालयले सहकारीको नियमनका लागि एकिकृत अनुगमन प्रणालीको विकास गर्ने रणनीति बनाएको छ । मन्त्रालयले सहकारीको प्रवद्र्धनका लागि नीतिगत र सिंस्थागत प्रवन्ध मजबुत बनाउने र प्रभावकारी नियमनका लागि एकिकृत अनुगमन प्रणाली विकास गर्ने रणनीति बनाएको छ । 

‘सहकारीको प्रवद्र्धनका लागि नीतिगत र संस्थागत प्रवन्ध मजबुत बनाउने, सहकारी संघ संस्थाको क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षा, नेतत्ृव विकास एवम् व्यवस्थापन तालिमलाई व्यापक तुल्याउने’ मन्त्रालयले आफ्नो रणनीतिमा भनेको छ, ‘सहकारीको प्रभावकारी नियमनका लागि एकिकृत अनुगमन प्रणालीको विकास गर्ने ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved