२ वटा सहकारीको १२ अर्ब ठगेर फरार भएका केदारनाथ शर्मालाई झिकाउन श्रीमति तयार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2023 | 06:28:29 PM मा प्रकाशित

laxmi  sunrise bank

शिवशिखर र तुलसी सहकारीमार्फत बचतकर्ता ठगी गरेर फरार भएका केदारनाथ शर्मालाई उपस्थित गराउने प्रतिवद्धता श्रीमतीले गरेकी छिन् । उनकी श्रीमती गीता शर्माले १० दिनभित्र उपस्थित गराउने प्रतिवद्धता जनाएको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिए । 

शर्माकी श्रीमतीले वैशाख १२ गते विभागमा उपस्थित भएर १० दिनभित्र आफ्ना श्रीमानलाई उपस्थित गराउने  प्रतिवद्धता जनाएकी हुन् । 

विभागका सूचना अधिकारी उपाध्यायका अनुसार शिवशिखर र तुलसी सहकारीबाट पीडित भएकाहरुले कुल १२ अर्ब रुपैयाँ दाबी गरेका छन् । दाबी गर्ने बचतकर्ताहरु बढिरहेका छन् । 

यसअघिः
ऋणीको श्रीमतीसँग मिलेर अर्को सहकारी, डेढ अर्ब डुबाउन काठमाडौँबाट विराटनगर

‘शिवशिखरबाट १० अर्ब प्लस र तुलसीबाट २ अर्ब जतिको दाबी आएको छ’ उपाध्यायले भने, ‘यी २ सहकारीको मुख्य मान्छे नै केदारनाथ शर्मा भन्ने भएपछि उनलाई झिकाउन पहल भएको छ, श्रीमती आएर १० भित्र उपस्थित गराउँछु भनेर कागज गर्नु भएको छ । २ वटै सहकारीको भौतिक सम्पत्ति हेर्दा बेचबिखन गरेर तिर्न सक्ने नै देखिन्छ ।’

विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved