सहकारी महासंघद्वारा सरकारी कार्यक्रम बहिष्कारदेखि अनशनसम्मका आन्दोलन घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2023 | 02:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सहकारी महासंघले सरकारी कार्यक्रम बहिष्कारदेखि रिले अनशनसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । समस्यामा रहेका सहकारी सञ्चालनको वातावरण बनाउन माग गर्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

सोमबार महासंघको सहकारी समस्या समाधान कार्यदलले २ वर्षको समय र १० अर्ब सहुलियत ऋण माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आफूहरुले उठाएको माग पुरा नभएसम्म सहकारी क्षेत्रले ३ वटै तहका सरकारको कार्यक्रम बहिष्कार गर्ने महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताइन् । 

बचकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारीका लागि २ वर्षको समय दिनुपर्ने महासंघको माग छ । 

९ जेठदेखि माग पुरा नभएसम्म जिल्ला स्तरीय संघमा कालो ब्यानर राख्ने, सबै सहकारी संस्थामा कर्मचारीले कालोपट्टी बाँधेर काम गर्ने, ३ वटै तहका सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहकारी क्षेत्र सहभागी नहुने लगायतका आन्दोलनका कार्यक्रम छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved