७० वटा सहकारीले युवा स्वरोजगार कोषको ऋण तिरेनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2023 | 01:57:03 PM मा प्रकाशित

laxmi  sunrise bank

७० वटा सहकारीले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको कर्जा नतिरेको पाइएको छ । कर्जा नतिरेपछि कोषले ३५ दिने सूचना निकालेको छ ।

कोषबाट थोक कर्जा लिएका ७० सहकारीलाई कोषले ३५ दिनभित्र सावाँ, ब्याज र हर्जना बुझाउन भनेको छ । 

‘युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकोले आजको मितिले ३५ दिन भित्र कोषलाई बुझाउनु पर्ने सावाँ, व्याज र हर्जना सहितको सम्पूर्ण रकम बुझाउनका लागी यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ ।

७० वटा सहकारीले ५ लाखदेखि ४० लाखसम्म कर्जा चुक्ता गर्न बाँकी रहेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved