अध्यक्षसहितका पदाधिकारीद्धारा एकता सहकारीका बचतकर्ताको ८ करोड हिनामिना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 04:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बूढानीलकण्ठ नगरपालिका ९ स्थित एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना भएको छ । उक्त रकम हिनामिना गर्नेमा सहकारीका अध्यक्षसहितका पदाधिकारी रहेको खुलेको छ । रकम सहनासमना गरेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका ९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका ८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका ९ बस्ने गोरखा पालुङटार नगरपालिका ७ घर भएका ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् । शर्मा उक्त सहकारीका अध्यक्ष हुन् भने प्रमोद उपाध्यक्ष र सोमलाल सचिव हुन् ।

उक्त संस्थाका बचत कर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाई बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नदिएपछि घटना बाहिर आएको हो । 

संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका दाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको आरोप छ । उक्त ठगी गरेको भनी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि  प्रहरीको  केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसअघि बचतकर्ताले घरघरमा पुगेर धर्ना दिनेलगायतका दवावमुलक कार्यक्रम गर्दै आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved