सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुङ्गो लाग्ला त ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2024 | 10:56:29 AM मा प्रकाशित

laxmi sunrise bank

सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन छलफल भइरहेको छ ।

उक्त विषयलाई टुङ्गो लगाउन गठित कार्यदलको बैठक मंगलबार बिहानैदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भइरहेको छ ।

संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्नका लागि कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपाएमालेका प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सम्मिलित कार्यदल बनाइएको छ । 

छलफलमा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् ।

सरकारले छानबिन समितिको क्षेत्राधिकारमा सहमति नभए संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत् आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीसमेत गरेको छ ।

मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको २ खर्बरुपैयाँभन्दा बढी अपचलन गरेको अनुमानित तथ्यांक छ ।हाल मुलुकभरिका सहकारी संस्थामा कुल ४ खर्ब ७८ अर्ब रुपैयाँ बचत रहेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०’ ले उल्लेख गरेको छ ।

हाल ३१ हजार ३ ७३ वटा सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचत केही सीमित सहकारीका सञ्चालकहरूले अपचलन गरेका पाइएको छ ।

सहकारी संस्थाहरूबाट अपचलन भएको २ खर्बभन्दा बढी रकममध्ये करिब १ खर्ब ६० अर्ब रुपैयाँ ५४ वटा ठूला सहकारीले नै अपचलन गरेका छन् ।तर पनि सहकारी संस्थाहरूमा बचतकर्ताको कति रकम  फसेको छ भन्ने यकिन तथ्यांक सरकारसँग पनि छैन ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved