शुरु हुँदै सहकारी रोजगारी मेला,रोजगारी सृजना गर्न प्रोत्साहन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 03:55:01 PM मा प्रकाशित

laxmi sunrise bank

नेपालमा पहिलो पटक राष्ट्रिय सहकारी मेला आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७ देखि ९ गतेसम्म ललितपुरको पुल्चोकमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

उक्त मेलाले स्वदेशमै रोजगारी सृजना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारी र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्ने महासंघको विश्वास छ ।

सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघसंस्थाले सञ्चालन गर्ने व्यावसायिक तालीम, शैक्षिक कोर्स र शीप विकास बारे जानकारी तथा मानव संशाधन विकासमा समेत मेलाले योगदान गर्ने अपेक्षा छ । 

मेला अवधिभर सहकारीका ठूला रोजगारदाताबाट कार्यपत्र प्रस्तुति, अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) का विज्ञद्वारा करियर काउन्सिलिङका सेसनसमेत निरन्तर सञ्चालन हुने आयोजकले बताएको छ ।  

मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ । विद्यार्थी, रोजगारीको खोजीमा रहेका युवा, प्राविधिक जनशक्ति, सहकारीकर्मी गरी ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान छ  ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved