सहकारी ज्ञानसागर : जहाँ ५ वर्षअघि नै उजागर थिए, सहकारीका समस्या र समाधानका उपाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 05:30:02 PM मा प्रकाशित

लेखक तथा बैंकर शहदेव बस्नेतले पाँच वर्षअघि नै सहकारीमा देखिने समस्या र त्यसको समाधानको बाटो देखाएको पाइएको छ। अहिले सहकारीमा देखिएको समस्या र त्यसको समाधानका लागि सरकारले लिनु पर्ने कदमबारे उक्त पुस्तकमा दुरुस्तै उल्लेख छ ।

सहकारी, बैंकिङ्ग कानून तथा वित्तीय क्षेत्रमा डेढ दशक लामो अनुभव भएका बस्नेतले लेखेको पुस्तक ंसहकारी ज्ञानसागर’ को पेज नं २०३ देखि २०७ सम्म नियाल्दा यी बिषयहरु भेटिन्छन्।  पुस्तकमा उल्लेख गरिएका ती सुझाव र समाधानका उपायहरु भविष्यवाणी गरेझैं गरेर अहिलेको सहकारी संस्थाहरुमा देखा परेको समस्यासँग मिल्दोजुल्दो किसिममा रहेको देखिन्छ। 

बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणको बचत नै अपचलन जस्तो गहन समस्या देखिएपछि खोजिएका समाधानका विकल्पबारे अहिले भइरहेका छलफलका बिषयहरु पनि उक्त पुस्तकमा स्पष्टरुपमा उल्लेख गरिएका छन्।

भरपर्दो तथा विश्वासिलो एवं सक्षम नियामक निकायको व्यवस्था, सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्याधिकरणको व्यवस्था गर्न आवश्यक छ भने पाँच वर्षअघि नै उक्त पुस्तकमा सुझाब दिइएको छ ।

त्यस्तै सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा रहेका प्रावधानहरु मध्ये नेपाल सरकार, अर्थमन्त्रालय, गरिबी तथा सहकारी मन्त्रालय, सहकारी विभाग, नेपाल राष्ट्र बैंक, सहकारी नियमन तथा सुपरीवेक्षण गर्ने सम्पूर्ण स्थानिय निकायहरु, सहकारी महासंघ, नेफस्कुन र सहकारीहरु, तीनका सञ्चालक समिति, उपसमिति तथा जिम्मेवार कर्मचारीहरुका साथै निक्षेपकर्ताहरु सबैले आ-आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम कारबाहीका बारेमा समेत उक्त पुस्तकमा स्पष्ट उल्लेख छ।  

लेखकले आफ्नो पुस्तकमा भनेका छन्,  ‘समयमै सहकारीमा देखिएका समस्या समाधान नभएमा बचत तथा ऋण सहकरी संस्थाहरु निकट भविष्यमा अस्थिर अर्थतन्त्रको कारक बन्न सक्छ।’

सरकार र सरोकारवाला निकाय तथा कार्यालयहरु र जिम्मेवार कर्मचारीहरुले निज संलग्न विभाग,संगठन,कार्यालय बीच एकापसमा सम्बन्धित प्रकाशित पुस्तक, लेख तथा सुझावहरु उपर गहन छलफल गर्ने, चासो राख्ने र प्राप्त सुझावलाई अध्ययन गरी कार्यान्वयन गर्ने बानी नहुनु दुखद पक्ष भएको लेखकको भनाइ छ। 

सहकारी, बैंकिङ्ग कानून तथा वित्तीय क्षेत्रमा डेढ दशक लामो अनुभवका लेखक बस्नेत हाल वाणिज्य बैंकको कर्जा जोखिम व्यवस्थापन सम्बन्धी विषयमा विद्यावारिधी गर्दै छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved