अर्थमन्त्रीलाई भेटेर परिसंघले भन्यो 'प्राधिकरणले छुट दिएँन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2020 | 07:13:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडालाई उध्योग व्यवसाय संचालनमा परेको कठिनाईबारे जानकारी गराएको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरको नेतृत्वको पदाधिकारी टोलिले अर्थमन्त्री डा. युवराज खतिवडासँग भेट गरी आफ्ना गुनासो तथा समस्या राखेको हो ।

परिसंघले बजेट मार्फत उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युतको डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने प्रबन्ध मिलाएकोमा त्यसलाई कार्यान्वयन नगरि विद्युत प्राधिकरणबाट पहिलेकै विल जारी भई आएकोले उद्योगहरुलाई थप मर्का परेको गुनासो अर्थमन्त्री समक्ष गरेको छ। यस्तै निर्यात गरिएका वस्तुमा भ्याट फिर्ताको व्यवस्था, उद्योगहरुलाई आइइइर इआइएमा देखिएका प्रक्रियागत जटिलतालाई सरलिकृत गर्नु पर्ने विषयमा छलफल भएको परिसंघले जनाएको छ । परिसंघका अनुसार निर्यातजन्य उद्योगहरुलाई दिइने बोन्डेड वेर हाउसको सुविधा, सामाजिक उत्तरदायित्वको खर्च कट्टि गर्ने सम्बन्धमा देखिएको समस्याका बारेमा पनि अर्थमन्त्रीसँग छलफल भएको छ ।

परिसंघले अर्थतन्त्रलाई चलायमान बनाइ थप रोजगारी सृजना गर्नको लागि र स्वदेशी उत्पादनमा गौरव गर्र्दै यसको प्रवद्र्धन गर्नको लागि“मेक इन नेपाल” को अवधारणालाई अगाडी बढाएको जानकारी अर्थमन्त्रीलाई गराएको छ ।  

परिसंघले राष्ट्र बैंकको पछिल्लो ब्यबस्थाले निजि क्षेत्रले राहत महशुस गरेको जनाएको छ  । परिसंघले आर्थिक वर्ष २०७७।०७८ को बजेट, बजेट कार्यान्वयनलाई सहयोग पुग्नेगरि आएको मौद्रिक नीति रमौद्रिक नीति कार्यन्वयनको लागि आएका थप व्यवस्थाहरुले निजी क्षेत्रले राहत महसुस गरेको जनाएको हो ।

परिसंघले यी नीति कार्यान्वयनमा समेत तदारुकता देखाउन आग्रह गरेका छन् ।  बजेट र मौद्रिक नीतिमार्फत सम्बोधन भएका कतिपय विषयमा सम्बन्धित निकायले स्पष्टसँग कार्यान्वयनमा ल्याउन नसकेको विषयहरुका बारेमा परिसंघले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

जवाफमा अर्थमन्त्री खतिवडाले उद्योगी व्यवसायीहरुका मागहरुलाई धेरै हदसम्म सम्बोधन गरेको र आगामी दिनमापनि वास्तविक मागहरुलाई सम्बोधन गर्दै जाने बताएको परिसंघले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved