नीजि क्षेत्र भन्छन्, ‘भोकले मर्ने खतरा बढ्यो, उद्योग चलाउन देउ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 11:21:10 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आर्थिक क्षेत्र चलायमान हुन नसक्दा कयौँले रोजगारी गुमाएका छन् । तर नेपाली श्रम बजारमा कति श्रमिक थिए र अहिले कतिले रोजगारी गुमाए भन्ने तथ्यांक सरकारसँग छैन । तर पनि नीजि क्षेत्रले भने कुल श्रमिकको ६० प्रतिशतले रोजगारी गुमाउने अवस्था आउने भन्दै सचेत गराईरहेका छन् ।

रोगभन्दा भोकले मर्ने खतरा बढ्यो

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष शतिष मोर नियमित ज्यालादारीमा काम गर्ने मजदूरलाई सबैभन्दा धेरै समस्या भएको बताउँछन् । तोकिएका स्वास्थ्य प्रोटोकाल कायम गरेर उद्योग सञ्चालन गर्न दिनुपर्ने आफूहरुको माग भएपनि शंका लाग्नासाथ उद्योग नै सिल गर्ने काम गलत भएको उनको भनाई छ । 

‘प्रोटोकल कायम गरेर नियमित उद्योग चल्ने वातावरण बनाउनुपर्छ’ अध्यक्ष मोरले बिजपाटीसँग भने, ‘नत्र रोगले भन्दा भोकले मर्ने खतरा बढ्छ, नीजि क्षेत्रबाट रोजगारी पाएका ६० प्रतिशत श्रमिकहरु विस्थापित हुने जोखिम छ ।’ 

‘कोरोना भन्ने रोग त सबैतिर फैलिँदै जाने रहेछ भन्ने अब थाहा भईसक्यो, त्यसैले सुरक्षाका अधिकतम उपाय अपनाएर आर्थिक गतिविधि चलायमान बनाउनुको विकल्प छैन । उद्योगमा काम गर्ने एक दुई जना कामदारमा देखिँदा अरुलाई पनि टेष्ट गर्नुपर्छ, तर उद्योग नै सिल गर्नु गलत हो’ उनले भने, ‘सिंहदरबारभित्र पनि देखियो भन्ने सुनिएको छ, त्यहाँ प्रोटोकल पालना भएको थिएन होला र ?’

उनले आर्थिक क्षेत्रमा थप क्षति हुन नदिन सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर खतरा टर्ने गरी कार्यविधि बनाउनुपर्ने बताए ।

‘नीजि क्षेत्रलाई मात्रै पेल्नु भएन’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का जिल्ला नगर उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्वारसमेत रहेका किशोर प्रधान लगानीका वातावरण सिर्जना गर्दै रोजगारी गुम्न नदिन सरकारले ठोस नीति ल्याउनुपर्ने बताउँछन् । उनले नीजि क्षेत्र श्रमीकका मामिलामा उदार बन्नुपर्ने र बनिरहेको भएपनि सरकारले नियमित रुपमा आर्थिक गतिविधि खुलाउन नचाँहादा समस्या भयाबह बन्न सक्ने चेतावनी पनि दिए ।

‘सरकार र सरकारी निकायले इमानदारी पूर्वक काम गर्नुपर्छ, नीजि क्षेत्रलाई मात्रै पेल्ने नीति अख्तियारी गर्नु भएन’ उनले भने, ‘यसका लागि नीजि क्षेत्रले मेरो गोरुको बाह्रै टक्का भन्नेवाला छैन ।’

उनले स्वास्थ्य मापदण्ड पालना गराएर उद्योगहरु चल्न दिए मात्रै आर्थिक गतिविधि कायम रहने भएकाले सरकारले यसतर्फ साच्न ढिला गर्न नहुने पनि बताएका छन् । उनले महासंघ भित्रबाट अब उद्योगधन्दा चलाउन देउ भनेर एउटै आवाज निस्कने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved