खाद्यले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2020 | 09:49:32 AM मा प्रकाशित

laxmi  sunrise bank

तिब्बतबाट दशैंका लागि च्याङ्ग्रा नआएपछि सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । दशैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी भएतापनि धेरै मूल्य भएका कारण अन्तिम अवस्थामा रोक्नु परेको कम्पनीले जनाएको छ । 

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने कोरोना संक्रमणका कारण तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै धेरै मूल्य भएपछि नल्याईएको बताउँछिन् । उनका अुनसार यस वर्षका लागि १ हजार च्याङ्ग्रा ल्याउने तयारी भएतापनि अन्तिम अवस्थामा आउँदा बढी मूल्यका कारण नै रोक्नुपरेको हो । 

दाङ र मकवानपुरको मजवानपुरवाट एक हजार खसी तथा बोका ल्याउने तयारी अनुसार पहिलो लटको खसी तथा बोका भने आइपुगेको छ । मकवानपुरबाट पहिलो लटमा २१० वटा खसी तथा बोका आईपुगेको र दाङबाट पहिलो लटमा १ सय आइपुग्ने क्रममा रहेको कम्पनीले जनाएको छ । 

दुबै स्थानबाट ल्याईएका खसी तथा बोका सोमबार बिहान ८ बजेबाट कम्पनीको थापाथली बिक्री केन्द्रबाट बिक्री वितरणको तयारी भएको छ । खसी आइपुगेपनि मूल्य निर्धारण भैनसकेको कम्पनीले जनाएको छ । पहिलो लटको सबै खसी तथा बोका आइपुगेपछि मूल्य निर्धारण हुने र सोमबार बिहानबाट बिक्री वितरण सुरु हुने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved