तिहारमा नआउने भयो खाद्यको चिनी, साल्ट ट्रेडिङले पनि पुरै ल्याएँन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 11:37:36 AM मा प्रकाशित

laxmi  sunrise bank

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याउने भनेको १० हजार मेट्रिक टन चिनी तत्काल नआउने भएको छ । कम्पनीले तिहारका लागि चिनी ल्याउने तयारी गरेको बताएतापनि तत्काल चिनी नआउने भएको हो । 

चिनी खरिदका लागि गत भदौ ४ गते ४५ दिनको समय राखेर बोलपत्र आह्वान गर्दा कुनै पनि खरिद कर्ताको आवेदन नपरेपछि समय लाग्ने भएको कम्पनीले जनाएको छ । भदौ ४ गते आह्वान गरेको बोलपत्रको समय असोज २९ गते सकिदा कुनै पनि आवेदन नपरेपछि पुनः बोलपत्र आह्वानको तयारी भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । 

सार्वजनिक खरिद नियमावली अनुसार चिनी खरिदका लागि बोलपत्र आह्वान गरेर नै खरिद गर्नुपर्ने हुँदा समय लाग्ने देखिएको उनी बताउँछिन् । गत भदौमा बोलपत्र तोकिएको समयमा निवेदन नपर्दा पुनः बोलपत्र आह्वानको तयारी भएको उनी बताउँछिन् । उनका अनुसार कम्पनीले पुनः २२ दिनको समय राखेर दोस्रो बोलपत्र आह्वानको तयारी गरेको छ । 

यसअघि कम्पनीले चामल खरिदका लागि समेत कुनै निवेदन नपरेपछि बोलपत्र संशोधन गरेर तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो । 

साल्ट ट्रेडिङले समेत ल्याएन सबै चिनी

सरकारले ५० प्रतिशत भन्सार छुटमा साल्ट ट्रेडिङ कर्पोरेसलाई २० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएकोमा सबै चिनी आइपुगेको छैन। गत साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्पाेरेशन र खाद्य कम्पनी गरी दुई संस्थानलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति दिएको थियो । 

सरकारले अनुमति दिएको तीन महिनामा दुबै संस्थानले तोकिए अनुसारको चिनी खरिद गर्न सकेका छैनन् । साल्ट ट्रेडिङले जिम्मा पाएको २० हजार मेट्रिक टन चिनी दशैंका लागि आइपुग्ने बताएतापनि २५ सय टन मात्र आइपुगेको छ । 

दशै अगाडी कर्पाेरेशनले सबै र तिहारका लागि खाद्यले चिनी ल्याउने तयारी गरेतापनि दुबै सस्थानले तोकेको समयमा ल्याउन नसकेका हुन् । २० हजार मेट्रिक टन चिनीमध्येमा पहिलो लटको चिनी आएको र बाँकी चिनी आउने क्रममा रहेको कर्पाेरेनका सूचना अधिकारी कुमारराज भण्डारीले जानकारी दिए । 

कर्पाेरेशनसँग चिनीको मौज्दात कम हुँदा गत असोज १५ गतेबाट सुरु भएको सुपथ मूल्य पसलबाट मात्र बिक्री वितरण हुँदै आएको उनी बताउँछन् ।  

कात्तिक ६ गते साझँ कर्पाेरेशनले खाद्य कम्पनीले सञ्चालन गरेको सुपथ मूल्य पसलमा बिक्री वितरणका लागि १० क्विन्टल मात्र चिनी दिएको थियो । खाद्यले उक्त चिनी दशैंमा बिक्री भैसकेको भन्दै बाँकी चिनी साल्ट ट्रेडिङ कर्पोरेसले दिएपछि मात्र बिक्री वितरण हुने जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved