निशुल्क खाना खुवाउने अभियान बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 01:39:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि नेपाल सरकारले गरेको बन्दाबन्दीको समयमा निशुल्क खाना खुवाउँदै आएको अभियन्ताहरुले मंसिर २ गतेबाट अभियान बन्द गर्ने भएका छन् । बन्दाबन्दीका कारण दैनिक ज्याला दारीमा काम गर्ने मजदुरलाई ध्यानमा राख्दै अभियन्ताहरुले खुलामञ्च लगायतका सार्वजनिक स्थलमा निशुल्क खाना वितरण गर्दै आएका थिए । 

खुलामञ्चमा निशुल्क खाना वितरण गर्दा दैनिक ज्यालादारीमा काम गर्न सक्नेले समेत खाना खाएको भन्दै काठमाडौँ महानगरपालिकाले विरोध गरेको थियो । शुक्रबार महानगर र निशुल्क खाना खुवाउँदै आएका अभियानकर्मीका प्रतिनिधिबिच भएको छलफलपछि सार्वजनिक स्थलमा निशुल्क खाना खुवाउने अभियान बन्द गर्ने सहमति भएको महानगरले जनाएको छ । 

महानगरपालिकामा भएको छलफलमा यदि निशुल्क रुपमा खाना खुवाउनु पर्ने भएमा स्थानीय पालिकाहरुसँगको समन्वयमा गरिने सहमति भएको जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved