दुध बिक्रिको भुक्तानी नपाएपछि काभ्रेका किसान आक्रोशित

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Nov 12, 2020 | 11:56:08 AM मा प्रकाशित

laxmi  sunrise bank

दुग्ध विकास संस्थान (डीडीसी) ले दुध बिक्रि वापतको भुक्तानी  लामो समयदेखि  नदिएपछि दुग्ध किसानहरु आक्रोशित बनेका छन् ।  किसानबाट दैनिक दुध संकलन गर्दैै आएको डीडीसीले ३ महिना बढीको रकम भुक्तानी नगरेको उनीहरु आक्रोशित बनेका हुन् । 

किसानबाट उद्यारोमा संकलन गरिएको दुध नगदमा बिक्री वितरण गरेर कर्मचारीलाई तलव भत्ता, बोनस तथा दशैँ भक्ता वितरण गर्ने तर समयमा भुक्तानी दिन आनाकानी गर्दै आएको काभ्रेका किसानको आरोप रहेको छ ।  काभ्रेका किसान तथा युवा कृषि दुध संकलन केन्द्रका संयोजक वासुदेव उपाध्याय डीडीसीले दुध संकलन गर्ने गरेको तर भुक्तानी दिन आनाकानी गरेको बताउँछन् । उनका अनुसार डीडीसीले बन्दाबन्दी लगायतका कारण देखाउँदै एक वर्षदेखि समयमा भुक्तानी दिएको छैन् ।  

‘पहिला १५/१५ दिनमा रकम भुक्तानी हुँदै आएको थियो, समयमा भुक्तानी पाउँदा किसान उत्साहीत भएर लगानीमा बृद्धि गरेका थिए, ऋण गरेर लगानी थपिएको थियो, पाउनु पर्ने रकम रोकिदा धेरै समस्या भयो’, उनले भने, ‘डीडीसीले दिएको रकमबाट नै हामीले ऋणको किस्ता तथा दानापानी खुवाउने हो, ऋण तिर्न त परकै कुरा दाना पानी खुवाउन समेत पुनः ऋण खोज्नुपर्ने अवस्था आयो ।’

सरकारले कृषिमा विभिन्न अनुदान घोषणा गरेको तर आफ्नै परिश्रम र लगानी गरेर बेचेको दुधको रकम समयमा नपाउनु दुखद रहेको उनी बताउछन्। उनले सामाजिक सञ्जाल (फेसबुक) मा  भिडियोसहितको आशतुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन् ' संस्थानले किसानहरुको दुध उधारोमा खरिद गरेर नगदमा बिक्री गर्छ तर समयमा भुक्तानी गर्दैन्।' उनले  यहि अवस्था रहने हो भने किसानहरु अब चुप लागेर नबस्ने चेतावनी समेत दिएका छन् । 

उनले आक्रोष मुद्रामा प्रश्न गर्दै भनेका छन्, 'समयमा किसानले भुक्तानी नपाउँदा अवस्था कस्तो होला ? किसानको विषयमा कृषि मन्त्री र मन्त्रालयका अन्य अंगले अनुमान गर्नुपदैन ? भुक्तानी रोकिएको विषयमा दुधको जिम्मा पाएको दुग्ध विकास बोर्डलाई थाहा हुनु पर्दैन ?संस्थानले कसरी दुध खरिद गरेको छ, किसानले पाउँनुपर्ने भुक्तानीको अवस्था के छ, अबको रणनिति के हुन्छ ? 

सरकारले युवालाई कृषिमा आकर्षित गर्न विभिन्न अनुदान, सहुलियत ऋण लगानी लगायतका कार्यक्रम ल्याएको बेला डीडीसीले दुधमा होलिडे गर्ने, भुक्तानी रोक्ने जस्ता गर्नु विडम्बना भएको उनी बताउछन् । 

डीडीसी भन्छ 'तिहार लगत्तै भुक्तानी' 

यता डीडीसीका महानिर्देशक रुद्रप्रसाद पौडेल बन्दाबन्दीको समयमा दुग्ध पदार्थको खपतमा कमी आउँदा किसानलाई तिर्नुपर्ने बक्यौता रकम भुक्तानीमा समस्या भएको बताउँछन् । ‘हामीले दशै अगाडी भदौँ सम्मका भुक्तानी बुझाइसकेका छौँ, बाँकी रकम तिहार लगतै भुक्तानीको गछौँ' उनले भने, ‘हाल दुग्ध पदार्थको खपतमा समेत वृद्धि भएको छ, बिक्रीको आधारमा हामीले भुक्तानीको रकम बढाउछौँ,  तिहारमा ८० प्रतिशत बढी खपत भएको छ, हामी तिहार लगतै बाँकी रकम भुक्तानी गछौँ’, उनले भने । 

भदौँदेखि हालसम्म किसानलाई भुक्तानी गर्नुपर्ने रकम करिव ६ करोड रहेको उनी बताउँछन् । लुम्बीनि र विराटनगरका किसानलाई भदौँ अगाडीको भुक्तानी बाँकी रहेको तर अन्य जिल्लामा भदौँसम्मको भुक्तानी भैसकेको उनी बताउछन् । 

८० करोडको मौज्दात

बन्दाबन्दीका कारण दुग्ध पदार्थको खपतमा कमी आउँदा डीडीसीमा ८० करोड बढीको मौज्दात रहेको छ । दुध बिक्री नभएपछि बन्दाबन्दीमा डीडीसीले धेरै पाउडर दुध बनाएको थियो । 

पौडेलका अनुसार हाल डीडीसीको भण्डारणमा ४० टन चिज, ७ सय टन पाउडर दुध, ३ सय टन बटर गरी ८० करोडको दुग्ध पदार्थ मौज्दात रहेको छ । दशैँ अगाडीसम्म काठमाडौँमा मात्र दैनिक ६७ हजार लिटर दुध खपत भएकोमा हाल ८१ हजार लिटर पुगेको डीडीसीले जनाएको छ । दुध सगैँ हाल बटर तथा ध्यु धेरै बिक्री भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved