लगानी बोर्डको सीईओका लागि बैंकर सहित ६ जनाको नाम सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 10:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि आधा दर्जनको नाम सिफारिस गरिएको छ। १२ जना आवेदक मध्ये  ६ जनाको नाम सिफारिस गरिएको जनाइएको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिको संयोजकत्वमा गठन भएको उपसमितिले लगानी बोर्डको सीईओ पदका अर्थमन्त्री डा। युवराज खतिवडा संयोजक रहेको समिति समक्ष माछापुच्छ्रे बैंकका तत्कालिन सीईओ सुमन शर्मा सहित ६ जनाको नाम सिफारिस गरेको हो। 

सिफारिस गरिएका अन्य ५ जनामा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला, विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, विशेष आर्थिक क्षेत्रका पूर्व कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट रहेका छन्। 

लगानी बोर्डको सीईओका लागि राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य, पूर्वसहसचिव लक्ष्मी विलास कोइराला, इन्जिनियर आशिष गजुरेल, कानून सेवाका शेरजङ कार्की र अर्थशास्त्रका सहप्राध्यापक रमेशचन्द्र पौडेलले आबेदन दिएका थिए तर उनीहरु सिफारिसमा परेका छैनन। 

अर्थमन्त्री खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍. डा पुष्प कँडेल र अर्थशास्त्री प्रा. डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिबाट सिफारिस भएका ६ जना मध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ। त्यसमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved