नबिल बैंकमा एक साथ २ जना डेपुटी सीइओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 10:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited मा अब २ जना डेपुटी सीइओ रहने भएका छन् । उक्त पदमा विनय रेग्मी र सुजित शाक्य नियुक्त भएसँगै बैंकमा २ डेपुटी सीइओ हुने भएका हुन् 

बैंकले एक साता अघि विनय रेग्मीलाई डेपुटी सीइओ नियुक्त गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले उनलाई आन्तरिक बढुवाबाट डेपुटी सीइओ नियुक्त गरिएको बताए  उनी नबिलले हालै सुरु गरेको नबिल डिजी बैंकका प्रमुख समेत हुन् । 

त्यस्तै बैंकले सुजित शाक्यलाई पनि डेपुटी सीइओ नियुक्त गरिसकेको स्रोतले जनाएको छ । उनलाई बैंकको आइतबारको संचालक समिति बैठकले डेपुटी सीइओमा नियुक्त गरेको हो । नबिलमा डेपुटी सीईओमा नियुक्ति भएको शाक्यले पुष्टि गरेका छन्। 'नियुक्ति भईसकेको छ, अब जोइन हुन बाँकी छ' उनले भने

शाक्य जनता बैंकको डेपुटी सीइओ थिए । जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि शाक्य ग्लोबलको डेपुटी सीईओ थिए । ग्लोबलबाट छोडेर उनी नबिल पुगेका हुन्

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved