शिखरको सीईओमा पाण्डेलाई निरन्तरता, भन्छन् 'अझैं राम्रो गर्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2020 | 08:51:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नियामक बीमा समितिले शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited को  प्रमुख कार्यकारी अधिकृतमा दिपप्रकाश पाण्डेलाई निरन्तरता दिने संचालक समितिको प्रस्तावलाई अनुमोदन गरेको छ। ४ वर्ष कार्यकाल थप्न नियामक निकाय बीमा समितिले स्वीकृति दिएको सिईओ पाण्डेले जानकारी दिए। 

बिमक संघको अध्यक्ष समेत रहेका पाण्डेलाई अर्को चार बर्षे कार्यकालको लागि निरन्तरता दिनलाई दुई साताअघि शिखर इन्स्योरेन्सको सञ्चालक समितिले बिमा समितिसँग अनुमति मागेको थियो। पाण्डेको कार्यकाल यहि कात्तिक ११ गते सकिने भएकाले संचालक समितिले उनको निरन्तरताको लागि समितिमा अनुमति मागेको थियो। सीइओ नियुक्तिका लागि बीमा समितिको अनुमति चाहिन्छ ।

बीमा क्षेत्रमा करिब २६ बर्षको अनुभव बोकेका पाण्डेको शिखर इन्स्योरेन्समा नै निरन्तरतालाई लिएर विवाद उठेको थियो। तर पाण्डेले आफुले शिखर इन्स्योरेन्समा आबद्धता जनाउँदा अहिलेको कानुनी व्यवस्था नभएको र बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ अनुसार थप एक कार्यकाल गर्न पाउने बताउदै आएका थिए। 

आफ्नो निरन्तरताको लागि समितिले अनुमती दिएको पुष्टि गर्दै सीईओ पाण्डेले अहिले निर्जीवन बीमा लगायत प्रत्येक क्षेत्रमा चुनौती रहेपनि राम्रै गर्न सकिने अवसर रहेको भन्दै थप राम्रो गर्ने बिजपाटीसँगको कुराकानीमा बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved