नबिल बैंकका पूर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2020 | 06:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैकका पुर्व अध्यक्ष शम्भुप्रसाद पौडेलको कोरोनाका कारण निधन भएको छ। काठमाडौंको ह्याम्स हस्पिटलमा उपचारको क्रममा पौडेलको निधन भएको हो। 

कोरोनाको लक्षण देखिएपछि पौडेललाई  सुरुमा उपचारका लागि नर्भिक अस्पतालमा राखिएको थियो। नर्भिकमा भेन्टिलेटरको अभाव भएपछि पौडेललाई ह्याम्स अस्पताल लगिएको उनि निकटको भनाई छ। 

पौडेल पदावधि सकिएपछि महिनादिन अघि मात्रै नबिल बैंकको अध्यक्ष पदबाट बाहिरिएका थिए। उनि करिब ३७ बर्षदेखि अनवरत रुपमा नबिल बैंकको संचालक समितिमा थिए। 

मिलनसार बानि व्यवहारका कारण पौडेल आफ्ना साथीसंगी तथा बैंकका कर्मचारीहरुमा समेत प्रिय थिए। पौडेललाई नेपालका अग्रज बैंकरहरुले समेत आफ्नो आदर्श मान्ने गर्दछन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved