बैंकका सीईओलाई चुनाव लाग्यो, उपाध्यक्षमा एडीबीएलका उपाध्ययको चर्चा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 01:12:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले (एनबिए) ले उपाध्यक्षसहित अन्य दुई कार्यसमिति सदस्य चयन गर्नलाई पुष मध्यमा बार्षिक साधारणसभा बोलाएको छ। यहि साताको मंगलबार बसेको संघको कार्यसमितिले वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण पारित गर्दै साधारणसभा डाक्ने निर्णय गरेको हो ।

साधारणसभा मार्फत उपाध्यक्ष सहित रिक्त अन्य दुई कार्यसमिति सदस्य चयन हुने कार्यक्रम रहेको छ।  नेपाल एसबीआई बैंकका अनुकुल भटनागर माउ कम्पनी फर्किएपछि उपाध्यक्ष पद खाली छ। त्यस्तै माछापुछ्रे बैंकबाट सुमन शर्मा बाहिरीएपछि कार्यसमितिमा उनको पद खालि छ भने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सदस्य पदको दोस्रो कार्यकाल सकिँदै छ। 

संघको उपाध्यक्षको लागि कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्ययको चर्चा छ। यसअघि पनि उपाध्यक्षमा इच्छा जनाएपनि विदेशी लगानीका  बैंकका सीईओहरु कार्यसमितिमा रहंदा शाख बढ्ने भनीएपछि उपाध्ययले नेपाल एसबीआई बैंकका अनुकुल भटनागरको लागि उक्त पद छाडेका थिए। 

त्यस्तै कार्यसमितिमा फेरी पनि दोहोरिनलाई प्रस्ताव आएपनि सिभिल बैंकका सीईओ गुरुङले यसबारे निर्णय गरिसकेका छैनन्। मर्जरको चर्चा रहेको तथा सिभिल बैंकमै कार्यकाल सकिन ७ महिना बाँकी रहेकाले पनि उनले कार्यसमितिमा दोहोरिने सम्भावना न्यून देखिन्छ। 

त्यस्तै अनिल शर्माका कारण रिक्त कार्यसमिति सदस्यमा नयाँ बाणिज्य बैंकका सीईओहरुले इच्छा जनाएका छन्। तर राष्ट्र बैंक, अर्थमन्त्रालय तथा अन्य निकायमा उपस्थित हुँदा बलियो टिम देखियोस भन्ने चाहेकाले सकेसम्म रिक्त पदमा फ्रन्ट लाइनका ठुला बैंकका सीईओहरु आउँन भन्ने वर्तमान कार्समिति सदस्यहरुको चाहना देखिन्छ। 

संघले उम्मेद्वारी लागि आब्हान गरेपछि इच्छुक सीईओहरुले रिक्त उपाध्यक्ष तथा कार्यसमिति सदस्यका लागि दाबी गर्नेछन। त्यसपछि पुष १४ वा १५ गते साधारणसभा डाकेर संघले इच्छुक मध्येबाट चयन गर्नेछ। 

एनबिएमा ११ सदस्यीय कार्ससमिति रहेको छ। यसमा वर्तमान अध्यक्ष सहित ८ जना र निवर्तमान सहित पुर्व दुई अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ। जसमा वर्तमान कार्समितिको अध्यक्षमा सानिमाका सीईओ भुवन दाहाल छन् भने निवर्तमान अध्यक्षमा नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना तथा पुर्व अध्यक्ष नबिल बैंकका सीईओ अनिल शाह र हिमालयन बैंकका सीईओ अशोक राणा रहेका छन्।  ््

त्यस्तै सदस्यहरुमा मेगा बैंक सीईओ अनुपमा खुन्जेली, सिभिल बैंक सीईओ गोबिन्द गुरुङ, सनराइज बैंक सीईओ जनक शर्मा, नेपाल बैंक सीईओ कृष्ण बहादुर अधिकारि, एनसीसी बैंकका सीईओ रमेश अर्याल, एनएमबि बैंक सीईओ सुनिल केसी रहेका छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved