महासंघमा पहिलोपटक पुँजीबजार फोरम गठन, सभापतिमा अम्बिका पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 06:57:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघमा पहिलो पटक पुंजिबजारलाई प्राथमिकतामा राखेर यस सम्बन्धमा समिति बनेको छ। सेयरबजारका ठुला लगानीकर्ताको रुपमा पहिचान बनाएका अम्बिका प्रसाद पौड्याललाई सभापति चयन गर्दै पहिलोपटक महासंघमा पूंजीबजार फोरम बनेको हो। 

महासंघ सचिवालयमा आज आयोजित समारोहमा महासंघका अध्यक्ष शेखर गोल्छाले फोरमका लागि सभापतिमा चयन गर्दै पौड्याललाई कार्यक्षेत्रसहित सभापतिको औपचारिक पत्र हस्तान्तरण गरेका हुन् ।

महासंघमा पुंजीबजार सम्बन्धमा फोरम बनेसँगै पहिलो पटक उद्योगी तथा व्यवसायीहरुको संगठनमा सेयरबजारको बिषयले प्रवेश पाएको छ। हालै सम्पन्न महासंघको निर्वाचनमा एसोसिएट तर्फ खसेको कुल ८९० मत मध्ये  सबै भन्दा बढी ८०२ मत ल्याएर पौड्याल निर्वाचित भएका थिए। 

महासंघमा पुंजिबजार संम्बन्धी छुट्टै समिति बनाएर उद्योगी तथा व्यवसायी माझ पनि सेयरबजार चिनाउने उदेश्यले आफु महासंघको राजनीतिमा होमिएको पौड्यालले बिजपाटीलाई बताएका थिए। फोरममा बढीमा ८ सदस्य रहनेछन। 

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत रहिसकेका पौडेल बिगत २५ बर्षदेखि सेयरबजारसँग प्रत्यक्ष रुपमा जोडिएका छन्। सेयरबजारको विकास तथा विस्तारका लागि नियामकीय निकायलाई सल्लाह सुझाव दिने तथा बजारको गतिलाई नजिकबाट हेरेर त्यसको सहि विश्लेषण गर्ने व्यक्तिको रुपमा पौडेललाई लिइन्छ।

निजामति कर्मचारीका रुपमा काम गरेको अनुभव समेत रहेका पौडेलले नियामकिय निकाय तथा सरकारसंग निती तथा कार्यक्रम तर्जुमा गर्नलाई पुलको काम गर्न सक्ने व्यक्तिको रुपमा समेत लिइन्छ। पौडेल चन्द्रागिरी केबल कार संचालन गरिरहेको चन्द्रागिरी हिल्सका संचालक समेत हुन्। पौडेलसँग बिभिन्न बैक तथा वित्तीय संस्थाको संचालक तथा जिम्मेवार पदमा रहेर काम गरेको अनुभव छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved