पुर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठ बैंकर्स संघबाट सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 12:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले पुर्व गभर्नर तथा अर्थसचिव सत्यन्द्र प्यारा श्रेष्ठलाई सम्मान गरेको छ। बैंकर्स संघले आफ्नो बार्षिक साधारण सभाको अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो। 

नेपाल राष्ट्र बैंकको दशौँ गभर्नरको रुपमा तथा अन्य बिभिन्न भूमिकामा रहेर नेपालको बैंकिङ तथा आर्थिक क्षेत्रमा उल्लेखनीय योगदान दिएकाले श्रेष्ठलाई सम्मानित गरिएको संघले जनाएको छ। श्रेष्ठले गभर्नरको रुपमा राष्ट्र बैंकमा ४ बर्ष ८ महिना काम गर्दा नेपालको बैंकिङ क्षेत्रमा धेरै उल्लेखनीय काम भएका छन्। 

सम्मानित भएका पूर्व गभर्नर सत्यन्द्र प्यारा श्रेष्ठ नेपाल राष्ट्र बैंकका गभर्नर मात्र नभई पुर्व अर्थसचिव समेत हुन्। उनीसंग अन्तराष्ट्रिय मुद्रा कोषमा काम गरेको अनुभव समेत रहेको छ।  श्रेष्ठले नेपालको पहिलो विदेशी लगानीको बैंकको रुपमा स्थापना भएको नबिल बैंकमा समेत अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved