सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 05:08:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  को नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राज्यलक्ष्मी राणा नियुक्त भएकी छिन् । आइतबार बसेको बैंकको संचालक समितिको बैठकले राणालाई डेपुटी सीइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

यस अघि राणा सनराइज बैंक कै डेपुटी जनरल म्यानेजर(डीजीएम) पदमा कार्यरत थिइन् । सनराइज आउनु अघि उनी ग्लोबल आईएमई बैंकमा  सहायक महाप्रबन्धक (एजीएम) को रुपमा  थिइन् ।

२००३ सालमा एभरेष्ट बैंकमा व्यवस्थापन प्रशिक्षार्थीको रुपमा उनी बैंकिङ क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले  भारतको पुनेबाट एमबिए गरेकी छिन् । राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्दता जनाएकी छिन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved