विवादित छविका उदयकृष्ण उपाध्याय नबिल बैंकका संचालकमा नियुक्त

Nabil Bank Limited

Nabil Bank Limited

Feb 22, 2021 | 10:57:54 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादित छबीका उदयकृष्ण उपाध्याय नबिल बैंक Nabil Bank Limited  का संचालकमा नियुक्त भएका छन्।  खराब आचरणको कारण देखाउंदै कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट बर्खास्तमा परेका उपाध्यायलाई बैंकको आजको संचालक समितिको बैठकले संचालकमा नियुक्त गरेको स्रोतले जनाएको छ।

२०७१ साल फागुन ११ गते महानगरीय प्रहरी वृत तिनकुनेले उपाध्यायलाई कोटेश्वरको एक गेष्ट हाउसबाट पक्राउ गरी थुनामा राखेपछि कुमारी बैंकले गलत आचरणको विषयमा जोडिएको भन्दै उनलाई सीईओ पदबाट बर्खास्त गरेको थियो। 

कुमारी बैंकको सीईओ पदबाट बर्खास्तमा परेका उपाध्याय त्यसपश्चात चौधरी ग्रुपमा जोडिएका थिए। त्यसपश्चात उपाध्याय नबिल बैंकको संचालक समितिमा नियुक्त भई त्यहाँ ६ महिना संचालक समिति सदस्यको जिम्मेवारीमा थिए। 

नबिल बैंकमा ६ महिना संचालकको भूमिकामा रहेका उपाध्याय संचालक समितिबाट आउट भएपछिको ६ महिना पश्चात पुन नबिल बैंकको डेपुटी सीईओमा नियुक्त भएका थिए।  डेपुटी सीईओमा नियुक्ति पाएर पनि स्वास्थ्यका कारण डेपुटी सीईओमा नियुक्त भएका उपाध्याय नबिल बैंक नगई एक महिनाको विदा पश्चात  जागिर बाट विदा लिएका थिए। 

डेपुटी सीईओमा समेत निरन्तरता पाउन नसकेका उपाध्यायलाई नबिल बैंकको आजको संचालक समितिले संचालक सदस्यमा नियुक्ति दिएपछि बैंकका केही कर्मचारी र संचालकहरु असन्तुष्ट देखिएका छन्। 

खराब आचरण भएका भनिएका उपाध्यायलाई पुन नबिल बैंकको संचालकमा नियुक्ति गरिएको बिषयले नियामक नेपाल राष्ट्र बैंकको समेत  ध्यानाकर्षण गराउने देखिएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved