महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 04:16:32 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर बसेका देवकोटा आज महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका छन् । 

२०७६ साल बैशाख १ गते देखि सिटिजन्स बैंकको डेपुटी सीईओ बनेका देवकोटा अनुभवी बैंकरका रूपमा चिनिन्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।

बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव भएका देवकोटाले नेपाल बैंकमा पनि काम गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved