महालक्ष्मी विकास बैंक छाडेर नेपाल लाइफ पुगे सीएफओ प्रेम रेग्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 12:42:34 PM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्ट तथा सीएफओ प्रेम रेग्मी महालक्ष्मी विकास बैंक छाडेर नेपाल लाइफ इन्स्योरेन्स पुगेका छन्। लेखा तथा बित्त प्रमुखको जिम्मेवारीमा रहेर महालक्ष्मी बिकास बैंकमा काम गरेका रेग्मी चैतदेखि नै जिम्मेवारी सम्हाल्ने गरि नेपाल लाइफ गएका हुन्। 

करिब ३८ महिना महालक्ष्मी विकास बैंकमा करिब ३८ महिना काम गरेर नेपाल लाइफ पुगेका रेग्मीले नेपाली बोर्ड अर्थात नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सीए गरेका हुन्। नेपाल लाईफमा उच्च तहको व्यवस्थापनमा रहनेगरि रेग्मी त्यहाँ आबद्ध भएका हुन्। 

यो पनि: आलोचनाबाट बच्न महालक्ष्मी विकास बैंकको भर्चुअल बार्षिक साधारणसभा

संचालकहरुकोबीचको आपसी द्वन्द्व र कलह तथा अध्यक्ष राजेश उपाध्यायको पेलेर अगाडी बढ्ने आदतका कारण पछिल्लो समय  महालक्ष्मी विकास बैंकका कर्मचारीमा तिब्र असन्तुष्टि देखिएको छ। अध्यक्ष उपाध्यायले सागर शर्मालाई हटाएर तेस्रो वरियताका रमेश लम्साललाई निमित्त सीईओको जिम्मेवारी दिएपछि महालक्ष्मी विकास बैंकभित्रको विवाद सतहमा देखिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved