मिश्रले गरे बैंकिंङ क्षेत्रलाई विदाई,यस्तो छ माछापुछ्रेदेखि युनाइटेड फाइनान्ससम्मको यात्रा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2021 | 06:51:25 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले नेपाली बैंकिङ क्षेत्रबाट नै लिने विश्राम लिने घोषणा गरेका छन् । प्रमुख कार्यकारी अधिकृतको रुपमा ६ वटा मर्जर तथा प्राप्तिमा सहभागी भएका मिश्रले युनाईटेड फाइनान्स नै आफ्नो बैंकिङ क्षेत्रको अन्तिम गन्तब्य भएको बताएका हुन् । 

उनले अब आफु बैंकिङमा नरहने घोषणा गरेका हुन्  । उनले अब छिट्टै बैंकिङ क्षेत्रभन्दा फरक क्षेत्रमा संलग्न हुने बताएका छन् । आफ्नो ३२ वर्षे 'प्रोफेसनल  करियर' मध्ये ५० प्रतिशत अर्थात् १६ वर्ष बैंकिङ क्षेत्रमा ब्यतित गरेको उनले बताए । 

नबिल बैंकमा गाभिने प्रस्ताव पारित गर्न आज भएको विशेष साधारणसभाको क्रममा उनले अब बैंकिङ क्षेत्रमा नरहने बताएका हुन् ।  नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ को स्वापमा गाभ्न लागेको हो ।  अर्थात् युनाईटेडको १०० कित्ता शेयर हुनेले नबिलको ३५ कित्ता शेयर पाउने छन् । आज भएको  नबिल बैंक र युनाइटेड फाइनान्सको विशेष साधारणसभाले गबहने गाभिने प्रस्ताव पारित गरेको छ ।  

यो पनि : पुस्ता कै पहिलो बैंकर अजय मिश्र; १३ वटा संस्थामा काम, ५ मर्जरको अनुभव

यस्तो छ उनको बैंकिङ यात्रा 

३६ बर्षको उमेरमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका मिश्रले माछापुच्छ्रे बैंकबाट सहायक प्रबन्धकबाट करियर सुरु गरे। माछापुच्छ्रे बैंकबाट प्रुड़ेन्शियल फाइनान्समा सीईओ, त्यसपछि सिद्दार्थ बैंक हुँदै जनता बैकमा डेपुटी सीईओबाट राजिनामा दिएर हाल युनाइटे फाइनान्समा सीईओको जिम्मेवारी सम्हालेका मिश्रले १६ बर्षको अवधिमा १३ संस्थामा व्यवस्थापकीय भूमिकामा काम गरे। 

मिश्रसंग क बर्गको बाणिज्य बैंकमा मात्र नभई ख बर्गको विकास बैक, ग बर्गको फाइनान्स र घ बर्गको लघुवित्त गरि सबै तहका बैंक वित्तीय संस्थामा काम गरेको अनुभव छ। सम्भवत बैंकिङ उद्योगमा सबै बर्गका बैंक वित्तीय संस्थामा काम गरेको अनुभव लिने थोरै छन्, जसमध्ये उनि एक हुन्। 

 एभिन्युज टेलिभिजनमा चित्त नबुझेपछि माछापुछ्रे बैंक पुगेका मिश्रले तत्कालिन जनता बैंकजस्तो कमर्शियल बैंकमा सीईओ बन्ने अवसर छाडेर डेपुटी सीईओबाट राजिनामा दिएका थिए ।  

७ जिल्ला घुमेपछि मात्र बिद्यालयको पढाई पुरा, सरकारी सेवाबाट जागिर सुरु 

बुवा सरकारी सेवामा भएकाले मिश्रले  ७ जिल्ला घुमेपछि मात्र बिद्यालयको पढाई पुरा गरे। चितवन नारायणगढको  बालकुमारी बिद्यालयबाट २०३९ सालमा एसएलसी दिएका मिश्र बिद्यार्थी जिवनमा अध्ययनमा औषत थिए। जनकपुरबाट स्नातक गरेका मिश्रले काठमान्डू बिश्वबिद्यालयबाट ह्युमान रिसोर्समा एमबिए र जेनेरल म्यानेजमेन्टमा एमफिल गरेका छन्। हाल उनी लिडरसिपमा पीएचडी गर्दैछन्। 

परिवारका अन्य सदस्यलाई पछ्याउदै मिश्रले सरकारी सेवाबाट नै आफ्नो करियरको सुरुवात गरेका हुन्। २०४७ सालमा प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषदमा लेखा अधिकृतबाट जागिर सुरु गरेका मिश्रसँग फरक फरक प्रकृतिका ठाउँमा काम गरेको अनुभव छ।

शिक्षा मन्त्रालयमा शाखा अधिकृतको रुपमा समेत काम गरेका मिश्र सरकारी काम गर्ने शैलीप्रति सन्तुष्ट हुन् सकेनन र सरकारी सेवा छाडेर बिदेशी नियोगमा काम गर्न पुगे। २०६२ सालमा तत्कालिन माओवादीको आन्दोलन चर्किएको बेला राजधानीबाहिर काम गर्न सुरक्षाको हिसाबले चुनौतिपूर्ण थियो। सुरक्षाका कारण देखाउदै परिवारले जागिर छाड्न भनेपछि उनले नेपाल टेलिभिजनमा काम सुरु गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved