नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नेतृत्त्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 12:40:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नेतृत्त्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। कर्मचारी युनियनको खुमलटार ललितपुरमा सम्पन्न छैटौं बिशेष अधिवेशनले राजु बहादुर जि.सि.को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यसमितिको अन्य पदाधिकारीको रुपमा बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाली, सचिवमा विपिन सापकोटा, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र विनोद महर्जन समेत सर्वसम्मत रुपमा चयन भएका छन्।

बिशेष अधिवेशनकोको उद्घाटन युनियनका अध्यक्ष तोलाकान्त न्यौपानेले गरेका थिए भने प्रमख अतिथिका रुपमा बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना रहेका थिए। ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए।  

त्यस्तै बिशेष अधिवेशनमा बोर्डका कार्यकारी निर्देशक निरज गिरिको समेत उपस्थिति रहेको थियो।    

कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ । उक्त कार्यक्रम युनियनका सचिव श्यामु मण्डलले संचालन गरेका थिए।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved