युनाइटेड फाईनान्सबाट विदा भएका मिश्र बने नर्भिक अस्पतालको सीईओ, अध्यक्षमा सिंह चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 04:29:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको संचालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी संचालक समितिको अध्यक्ष बनाइएको हो । अध्यक्षमा नियुक्त सिंह विगत एकदशकभन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा यूकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् ।

 नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् । उनी यसअघि यूनाइटेड फाइनान्सको सीइओको रुपमा कार्यरत थिए । यूनाइटेड फाइनान्सलाई नवील बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिब सेक्टरबाट अवकाशको घोषणा गरेका थिए ।

मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन बित्तीय संस्थामा काम गरेको अनुभव छ। बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, यूएनडिपी, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए । यी संस्थाहरुमा उनको बैंकिङ करिअरको १६ वर्ष व्यतीत भएको थियो। मिश्रले काठमाण्डौ युनिभरसिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य)सम्मको अध्ययन पूरा गरेका छन् ।

नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भए पनि मुख्य लगानी भने बिएलसी होल्डिब्सकै कायम रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved