एडीबीका सीईओ उपाध्यायको नेतृत्त्वमा एनबिएमा नयाँ कार्समिति, सदस्य र सल्लाहकारमा को को ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2021 | 06:09:54 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए मा नयाँ कार्यसमिति चयन भएको छ। कात्तिक २३ गते मंगलबार भएको संघको ३५ औं बार्षिक साधारणसभाले नयाँ नेतृत्त्व चयन गरेको हो। 

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको नेतृत्त्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो। एनबिएको इतिहासमा सम्भवत सरकारी बैंकको सीईओको नेतृत्त्वमा कार्यसमिति बनेको यो पहिलो हो। 

त्यस्तै संघको उपाध्यक्षमा एनएमबि बैंकका सुनिल केसी चयन भएका छन्। संघमा उपाध्यक्षलाई भावी अध्यक्षको रुपमा हेर्ने अभ्यास रहँदै आएको छ। अहिले संघको अध्यक्ष बनेका अनिल उपाध्याय पनि भुवन दाहालको नेतृत्त्वको संघका उपाध्यक्ष थिए।  

त्यस्तै सदस्यहरुमा मेगा बैंककि अनुपम खुन्जेली, नेपाल बैंकका क्र्ष्णबहादुर अधिकारि, लक्ष्मी बैंकका अजयकुमार शाह, सनराइज बैंकका सुमन शर्मा, एनआईसी एसियाका रोशन न्यौपाने, माछापुछे बैंकका सन्तोष कोइराला, नेपाल एसबीआई बैंकका दिपक कुमार दे छन्।

कार्य समितिमा अनुपमा खुञ्जेली, कृष्णबहादुर अधिकारी र दिपक कुमार दे सदस्यमा दोहोरिएका हुन् भने अन्य सदस्य नयाँ चयन भएका हुन् ।    

त्यस्तै संघको सल्लाहकारमा पुर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना चयन भएका छन्। 

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालको दुई बर्ष कार्यकाल पुरा भएकाले संघमा अर्को दुई बर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved