तेस्रो वरियतामा रहेका निश्चलराज पाण्डे सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत बन्ने पक्का भएको छ। बैंकले सीईओ भुवनकुमार दाहालको अवकासपछि सीईओ बनाउने गरि पाण्डेलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेपछि उनि सीईओ बन्ने पक्का भएको हो।
आगामी माघ ११ गते भुवन दाहालको कार्यकाल सकेपछि पाण्डेले बैंकको सीईओको रुपमा जिम्मेवारी सम्हाल्नेछन। एउटा बैंकमा दुई कार्यकाल भन्दा बढी सीईओ बन्न नपाइने प्रावधान अनुसार दाहालले अवकास लिनु परेको हो। बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) अनुसार कुनैपनि बैंकमा सिइओ नियुक्ति भएपछि उसले २ कार्यकाल भन्दा बढी बस्न नमिल्ने व्यवस्था छ।
तेस्रो वरियतामा रहेर विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका पाण्डेलाई सीईओ बनाइने भएपछि दोस्रो वरियतामा रहेका तेजबहादुर चन्दलाई नैतिक दबाब परेको छ।
यद्दपी पछि संचालक समितिमा आउने गरि अहिले एउटा रकम लिएर स्वेच्छिक अवकास लिनलाई बैंकले चन्दलाई आग्रह गरेको बताईएको छ। दाहालले अहिले संचालक समितिलाई रिपोर्टिंङ गरिरहेका छन्।
स्रोतकाअनुसार संचालक समितिले विश्वास नगरेकाले चन्दको ठाउँमा तेस्रो वरियताका पाण्डेलाई प्रमुख कार्यकारीमा ल्याउने निर्णय गरिएको हो। कुनै विवाद नहोस भन्ने उदेश्यले दोस्रो वरियताका चन्दलाई एउटा मोटो रकम लिएर अहिले अवकास लिन र पछि संचालक समितिमा आउँन बैंकले प्रस्ताव गरेको हो।