नेप्सेको सीईओको लागि तीन जनाको नाम सिफारिस, यी व्यक्तिको सम्भावना बढी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2022 | 06:29:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले  गठन गरेको छनौट तथा सिफारिस समितिले हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका पाँच जना मध्ये तीन जनाको नाम सिफारिस गरेको हो। 

स्रोतका अनुसार सिफारिस हुनेमा डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्की रहेका छन्। हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका उनीहरु सहित प्रविण पन्दाक, रमेश घिमिरे मध्येमा समितिले डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीलाई अन्तिम तीन जनामा सिफारिस गरेको हो।    

छनौट समितिले सिफारिस गरेका तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछन्। र तीन मध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेछ। 

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएकाले चन्द्र सिंह साउदले सीईओ पदबाट राजिनामा दिएपछि नेप्से कायम मुकायमको भरमा चलिरहेको छ। नेप्सेको सीईओ पदको लागि ११ जनाले आबेदन दिएका थिए। 

बिजपाटीलाई प्राप्त जानकारी अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई को संयोजक रहेका कृष्ण बहादुर कार्की अर्थमन्त्री जनार्दन शर्मा निकट भएकाले नेप्सेको सीईओमा उनको सम्भावना बढी रहेको स्रोतको दाबी छ। 

बुढी गण्डकी आयोजनाको उक्त इकाईको संयोजकमा पनि अर्थमन्त्री जनार्दन शर्माले नै कार्कीलाई सिफारिस गरेकाले नेप्सेमा पनि उनकै सम्भावना रहेको बताइन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved