वरियताक्रमको तेश्रो स्थानमा रहेका रामचन्द्र खनाल बने कुमारी बैंकको कामु सीइओं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2022 | 09:54:04 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकमा तेस्रो वरियताक्रमका रामचन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। सोमबार बसेको कुमारी बैंकको संचालक समितिले खनाललाई कामु सीईओ नियुक्त गरेको हो।

बैंकको सञ्चालक समितिले अर्को व्यवस्था नहुँदासम्मको खनाललाई कामू सीइओको जिम्मेवारी दिईएको हो। सुरेन्द्र भण्डारीको कार्यकाल असार मसान्तमा सकिएपछि अनुजमणिलाई कामू सीइओको जिम्मेवारी दिएको थियो । 

सीएफओको रुपमा सिद्दार्थ बैंकमा काम गरेका खनाल त्यसपछि एनआइसी एसिया हुँदै कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारीमा थिए।    खनाल कुमारी बैंकमा प्रमुख सञ्चालन अधिकृतको जिम्मामा रहेका रहँदै कामू सीइओको जिम्मेवारी दिएको हो।

आज सोमबार बसेको संचालाकसमितिले अनुजमणि तिमिल्सिना र महेश तिमिल्सिनाले दिएको राजीनामा स्वीकृत गर्दै खनाललाई कामू सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।  

गायक योगेश अमात्यको जग्गा नक्कली धितो राखेर कुमारी बैंकले ऋण दिएको आरोप लागेपछि अनुजमणि तिमिल्सिना र डेपुटी सीइओ महेश तिमिल्सिना अवकाश लीएका हुन्।  

अमात्यको उजुरीको आधारमा मात्र कुमारी बैंकले गायक अमात्यको नक्क्ली धितो राखेर ऋण दिएको खुलेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved