म्यानमा चुनाव लाग्यो, उपेन्द्र पौडेल समुह प्यानल नै बनाएर प्रचारप्रसारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2022 | 12:46:19 PM मा प्रकाशित

laxmi  sunrise bank

यही २६ चैतमा हुन लागेको नेपाल व्यवस्थापन संघ (म्यान) को निर्वाचनको सरगर्मी बढेको छ। संघको नेतृत्वको लागि उम्मेदवारी दिएका अध्यक्षका आंकाक्षी उपेन्द्र पौडेल प्यानल नै बनाएर प्रचारप्रसारमा लागेका छन्। 

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको समुहले प्यानल नै बनाएर प्रचारप्रसार थालेको हो। पौडेलको समुहमा नबिल बैक भित्रैकै व्यक्तिहरुको वर्चस्व रहेको देखिएको छ। यस प्यानलमा नबिल बैंकका अध्यक्ष सहित संचालक र  उप महानिर्देशक संगै देखिएका छन्। 

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्यानलका अन्य सदस्यमा नबिल बैंकमा स्वतन्त्र संचालक आशा राना अधिकारि, म्यानका सदस्य मोहन राज ओझा, राष्ट्रिय बाणिज्य बैनका तत्कालिन सीईओ कृष्ण पर्साद शर्मा, हेमा अधिकारी, मुक्तिनाथ विकास बैकका सीईओ प्रध्युमन पोखरेल, युनियन लाइफ इन्स्योरेन्सका सीईओं मनोज लाल कर्ण, पार्टन टि आर एण्ड कम्पनीका सशी सत्याल, व्यवसायी अश्मी राना, दामिन फाउन्डेसन नेपालका डा सुशील कोइराला र कर्मचारी संचय कोषका डेपुटी सीईओ जीवन कुमार कटुवाल रहेका छन्।     

अध्यक्षमा नागरिक लगानी कोषका सीईओ रमन नेपाल पनि आंकाक्षी छन् । यद्यपि उनले प्यानल नै भने बनाएका छैनन् ।  उपेन्द्र पौडेलको प्यानलमा नपरेकाहरु रमण नेपालको पक्षमा छन् । यस समुहमा  संस्थागतबाट कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, बुटवल पावर कम्पनी लिमिटेडबाट टिकाराम भट्ट, शिवम सिमेन्टसबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकका सीईओ सुमन शर्मा, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारि, नेपाल बैंकबाट कृष्ण बहादुर अधिकारि, नेपाल राष्ट्र बैंकबाट रञ्जन बिक्रम थापा नागरिक लगानी कोषबाट नवराज खड्का रहेका छन् भने व्यक्तिगत तर्फबाट मिलन गुरुङ , नरेन्द्र कुमार श्रेष्ठ, इन्द्र कुमार श्रेष्ठ, आङ छिरिङ शेर्पा, सुरेन्द्र थापा, सृजन कुमार आचार्य र अनु जोशी (श्रेष्ठ) रहेका छन्।     

४१ बर्ष पहिले स्थापना भएको नेपाल व्यवस्थापन संघले नेपाल सरकार र नेपालका बिभिन्न संघ संस्थामा राम्रो ब्यबस्थापन अभ्यासको लागी पहल गर्दै आएको छ । हरेक बर्ष बजेट, मौद्रिक नीतिको समिक्षा र म्यानेजर अफ दि ईयरको लागी प्रख्यात यो संस्थालाई नेपालका प्रख्यात ब्यक्तित्वले नेतृत्व दिदै आएका छन्। 

तर यसरी प्यानल बनाएर एकै संस्थाबाट कार्यसमितिमा धेरै जनाले प्रतिनिधित्व गर्दा यस प्रकारका कार्यक्रमहरुमा सम्बन्धित संस्थाको प्रत्यक्ष प्रभाव पर्ने र यसले नीतिगत समस्या समेत पर्न सक्ने विश्लेषण गरिएको छ।  

संघमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु देउवा, पूर्व अर्थ मन्त्री डा.युवराज खतिवडा, पुर्व मुख्य सचिव बिमल प्रसाद कोईराला, पूर्व सचिव रामेश्वर खनाल, लगानी बोर्डका  प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतका ब्यक्तिहरु आवद्ध भैसकेका छन्।

सरल, संस्थागत अभ्यास र सालिन आचरण संघको मुख्य चरित्रको रुपमा रहेको छ । विभिन्न तहमा ब्यबस्थापन र अर्थतन्त्र सम्बन्धित बहस र अभ्यास गर्ने संस्थाको इतिहास रहेको छ।

यसको नेतृत्व चयन पद्दती पनि छुट्टै छ । निर्वाचनमा पहिले आजीवन र साधारण सदस्यले कार्यसमितिको चयन गर्छन भने त्यसपछि निर्वाचित कार्यसमितिले पदाधिकारीलाई छान्ने प्रक्रिया रहेको छ । कार्यसमितिमा ब्यक्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ ।

ब्यबसायिक स्वार्थको लागी जबर्जस्ती जित्न खोज्ने समूहले प्यानल बनाएर पोस्टर र पम्प्लेट बनाएर भड्किला चुनावी गतिविधि गरिरहेकोमा धेरै मतदाताहरूले असन्तुष्टि जनाएका छन्। नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको समूहमाथि प्यानल बनाएर र पम्प्लेट बनाएर भड्किलो चुनावी गतिबिधि गरेको आरोप लागेको छ।  

नेपाल राष्ट्र बैक, नागरिक लगानी कोष र संचय कोषका उच्च स्रोतका अनुसार प्यानल र पोस्टरीङ जस्ता कार्यले संस्थामा नितान्त जनताको पैसाले जनतालाई सेवा दिन बसेको संस्थाहरू कसरी आबद्ध हुने भन्ने प्रश्न खडा भएको छ । एक आजीवन सदस्यको भनाई अनुसार यस्ता प्रकारका गरिमामय संस्थाले नेपाल ब्यबथापन संघ छाडेमा संस्थाको गरिमा नै धरापमा पर्ने बताए।

म्यानको नेतृत्त्वमा रहने व्यक्तिहरु अधिकांश जस्तो नीति निर्माणमा सरकारसंग प्रत्यक्ष संलगनता हुने गर्दछन भने यस अगाडीको अभ्यास हेर्ने हो भने नेतृत्त्वमा पुगेका अधिकांश व्यक्तिहरु योजना आयोग जस्ता संस्थामा पुगेर राज्यको नीति निर्माण बनाउने काममा लागेको देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved