नेपाल व्यवस्थापन संघको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2022 | 04:39:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन्। चैत २६ गत सम्पन्न भएको म्यानको निर्वाचनमा व्यक्तिगत तर्फ सबै भन्दा बढी मत ल्याएर नबिल बैकका अध्यक्ष समेत रहेका उपेन्द्र पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्। 

व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरुमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालिन सीईओ कृष्ण पर्साद शर्मा, नबिल बैंककी स्वतन्त्र संचालक आशा राना अधिकारि, व्यवसायी अश्मी राना, मिलन गुरुङ, इन्द्र कुमार श्रेष्ठ, मनिष झा, अनु जोशी (श्रेष्ठ), हेम कुमारी अधिकारी रहेका छन्। 

त्यस्तै संस्थापक तर्फबाट कार्यसमिति सदस्यमा बिजयी हुनेहरुमा कर्मचारी संचय कोषबाट जितेन्द्र धिताल, शिवम सिमेंट्सबाट सुरेन्द्र कुमार गोयल, सनराइज बैंकबाट सीईओ सुमन शर्मा, नबिल बैंकबाट मनोज ज्ञवाली, राष्ट्रिय बाणिज्य बैंकबाट कविराज अधिकारि, नेपाल बैंक लिमिटेडबाट कृष्ण बहादुर अधिकारि निर्वाचित भएका छन्। 

व्यक्तिगत तर्फबाट सबै भन्दा बढी मत उपेन्द्र पौडेलले ल्याएका छन् भने संस्थागत तर्फ सबै भन्दा बढी मत नबिल बैंकबाट मनोज ज्ञवालीले पाएका छन्। उपेन्द्र पोडेलले व्यक्तिगत तर्फ ३६४ मत पाएका छन् भने संस्थागतमा नबिल बैंकबाट ज्ञवालीले ७३ मत ल्याएका छन्। म्यानको १७ सदस्सीय कार्यसमितिमा नबिल बैंकबाट मात्रै तीन जना रहेका छन्।    कार्यसमितिमा ब्यक्तिगत सदस्यबाट ११ जना र संस्थागत सदस्यबाट ६ जना निर्वाचित हुने प्रावधान रहेको छ। 

म्यानको नेतृत्त्वमा रहने व्यक्तिहरु अधिकांश जस्तो नीति निर्माणमा सरकारसंग प्रत्यक्ष संलगनता हुने गर्दछन भने यस अगाडीको अभ्यास हेर्ने हो भने नेतृत्त्वमा पुगेका अधिकांश व्यक्तिहरु योजना आयोग जस्ता संस्थामा पुगेर राज्यको नीति निर्माण बनाउने काममा लागेको देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved