सेन्चुरी कमर्शियल बैंकको सीइओमा न्यौपाने नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2022 | 11:03:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंक Century Commercial Bank Limited  को प्रमुख कार्यकारी अधिकृतमा  मनोज न्यौपाने नियुक्त भएका छन् । आज चैत्र ३० गते बसेको संचालक समितिको बैठकले बैशाख २ गतेदेखि लागु हुने गरि न्यौपानेलाई सीईओ नियुक्त गरेको हो 

हाल न्यौपाने कायम मुकायम प्रमुख कार्यकारी अधिकृत छन्  । बैंकका सीइओ तुलसी राम गौतमले राजिनामा दिएपछि गत साउन १ गतेदेखि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत थिए  । बैंकले उनलाई नै सीईओ बनाएको हो 

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्। उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गर्नु भएका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved