सुर्य लाइफको जनसम्पर्क तथा ब्राण्डिङ प्रमुखमा बहुप्रतिभाका धनि मेघेन्द्र प्रकाश गिरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2022 | 11:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्सको कायम मुकायम नायब महाप्रवन्धक पदमा मेघेंद्र प्रकाश नियुक्त भएका छन्। जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखको जिम्मेवारी सहित गिरि उक्त पदमा नियुक्त भएका हुन्।  

गिरीले गत बिहीबारदेखि नै कार्यभार सम्हालिसकेका छन् ।

गिरि यस अगाडी नेपाल इन्स्योरेन्समा कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुखको रुपमा काम गरेका थिए। गिरीसंग कम्युनिकेसन एण्ड ब्राण्डिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ। गिरि एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङ प्रभाव छोड्न सफल भईसकेका छन्। 

उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरुमा काम गरेर आफुलाई अब्बल सावित गरिसकेका छन्। यहि कारण उनी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित समेत भएका छन्। 

बर्दिया गृहजिल्ला भएका गिरीले एमविए तथा अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा एमएसम्मको अध्ययन पुरा गरेका छन्। स्कुल लेभलमा मध्यम किसिमका गिरीले आइकममा स्व अध्ययनबाटै कलेज टप गरेका थिए। 

२०४९ सालमा आइकम पुरा गरेपछि स्नातकको लागि नेपालगञ्जको महेन्द्र मल्टिपल क्याम्पसबाट स्नातक(बिकम) गरेका गिरीले एमबिएका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । साहित्य तथा क्रियटिभ क्षेत्रमा काम गर्न रुचाउने गिरीले धेरै वटा गित संगितको रचना गरिसकेका छन् । 

ब्रान्डिङका क्षेत्रको आइकनका रुपमा रहेका उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत हुन् । ब्राण्डिङ र मिडियाको दुनियाँमा आफ्ने छुट्टै पहिचान बनाउन सफल गिरीले यस क्षेत्रमा दुई दशक पार गरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved