मुक्तिनाथ विकास बैंकको सीइओमा पुन: प्रद्युमन पोखरेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 12:23:07 PM मा प्रकाशित

laxmi bank ntc

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको २०७९ बैशाख २० गते बसेको २७१ औं संचालक समितिको बैठकले पोखरेल लाई दोस्रो कार्यकालको नियुक्त गर्ने निर्णय गरेको हो। 

बैंकले बैंकिङ्ग क्षेत्रको अनुभव र कार्य दक्षताको आधारमा २०७९ जेठ १ गतेबाट ४ वर्षको कार्यकाल रहने गरी उनलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।  उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । 

विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।  २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल पोखरेल डेभलपमेन्ट बैंकरर्स असोसिएसन नेपालका अध्यक्ष समेत रहेका छन् र नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी समेत भएका थिए ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved