

माछापुच्छे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजुलाई नियुक्त भएका छन् । कम्पनीको २०७९ साल वैशाख २५ को संचालक समितिको बैठकले कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।
सैंजुको माछापुच्छे बैंक तथा अन्य बैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।
सैंजुको नियुक्तिपूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गरेका थिए ।