नबिल र एनबिको एसजीएमबाट ढुंगानालाई सीईओ बनाउने प्रस्ताव पारित, बोर्डबाट निर्णय हुन बाँकी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 10:19:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछिको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बन्ने भएका छन्। प्राप्ति सम्बन्धि सम्झौतापत्रमा उल्लेख व्यवस्थाअनुसार एनबि मिसिएपछिको नबिलमा सीईओ बन्ने प्रस्ताव पारित भएसंगै ढुंगाना सीईओ बन्ने पक्का भएको हो।

गत शनिबार बसेको दुवै बैंकको बिशेष साधारणसभाले नबिल बैंकले एनबि बैंकलाई प्राप्ति गर्नलाई अख्तियार पाएको हो। सोहि सभाले ढुंगानालाई नबिल बैंकको सीईओंमा प्रस्ताव गरेको हो।  

अहिलेको सहमति अनुसार ढुंगानाले असार १७ देखि कार्यभार सम्हाल्नेछन। यद्दपी नबिल बैंकको संचालक समितिबाट ढुंगानालाई नबिल बैंकको सीईओमा नियुक्ति गर्ने प्रस्ताव अनुमोदन हुन् बाँकी नै छ।  

बहालवाला सीईओ अनिल केशरी शाहको कार्यकाल आगामी असार १७ गते सिद्दिने भएकाले ढुंगानाले सार १७ देखि पदभार सम्हाल्नेछन्।

दुई कार्यकाल सकेर ढुंगाना एनबि बैंकबाट विदा भएका हुन्। यद्दपी ढुंगाना अहिले पनि नबिल बैंक र एनबीबीचको मर्जर समितिमा छन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved