एनसेलको आकर्षक जागिर छाडेर घिमिरेले किन रोजे सरकारी नियुक्ति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 03:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश घिमिरे नियुक्त भएका छन्। सरकारले घिमिरेलाई सीईओमा ४ बर्षको लागि नियुक्त गरेको हो।

कोषको सीईओको लागि नियुक्त भएका घिमिरे आफैं भने एनसेलमा नेपाली नागरिकहरुमै उच्च तहका कर्मचारी हुन्। तलब, सुविधा तथा अन्य धेरै कारणले पनि उनका लागि एन्सेलको रोजगारी आकर्षक थियो।

घिमिरे आज मात्रै एन्सेलको सम्पूर्ण जिम्मेवारीबाट बाहिरिएर भोलि निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार ग्रहण गर्दैछन।     

एनसेलमै जागिर खाएकै कारण व्यक्तिगत तर्फ बढी कर तिर्ने उत्कृष्ट २० जनामा पर्ने घिमिरे सरकारी नियुक्तिमा किन आए ? आम चाँसोको बिषय हुन सक्छ।

आफ्नो लागि धेरै गरिसकेको बताउदै राज्यको लागि केहि गर्नुपर्छ भनेर सरकारी नियुक्तिमा आएको घिमिरेको प्रतिकृया रहेको छ।

"झन्डै २२ बर्ष जागिर गरियो, त्यो सबै आफ्नै लागि र कुनै निजि संस्थाको लागि थियो" उनि भन्छन्, "अब भने राज्यको लागि केहि गरौ भनेर सरकारी नियुक्ति रोजेको हो।"

तत्कालिन एनआईसी एसिया बैंकबाट लेगल अफिसरको रुपमा आफ्नो करियर सुरु गरेका घिमिरे नेपाल एसबिआई मर्चेन्ट बैंकिंङमा सीईओ, नेपाल एसबिआई बैकमा चिफ म्यानेजर हुँदै एन्सेलमा चिफ लेगलमा पुगेका हुन्। 

घिमिरेले हालै मात्र पनि नेपाल धितोपत्र बोर्डको अध्यक्ष तथा नेपाल स्टक एक्सचेन्जको सीईओका लागि आबेदन दिएका थिए। तर बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको सीईओमा कृष्ण बहादुर कार्कीले नियुक्ति पाए।  ४७ बर्षिय घिमिरे कमर्सियल ल मा एलएल एम हुन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved